हाम्रो क्लव अस्ट्रेलियाको नयाँ कार्य समिति चयन

सिड्नी ।  हाम्रो क्लव अस्ट्रेलियाको नयाँ कार्यसमिति चयन भएको छ । सिड्नीको साउथ वेष्ट ओरनपार्कमा १५ जुलाई शनिवार सम्पन्न क्लवको बार्षिक साधारण सभाबाट अमुल्य प्रताप सिंहको अध्यक्षतामा दोश्रो कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्ष पद र कार्य समिति सर्वसम्मत भएपनि अन्य पदमा भने आकांक्षी धेरै भएपछि निर्वाचन भएको क्लवका बिनोद लम्सालले लण्डन नेपाल न्यूज अस्ट्रेलियालाई जानकारी दिए ।

नवगठित समितिको उपाध्यक्षमा सन्तोष थापा, राजिव अधिकारी, सचिवमा सफल पौडेल, सह-सचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा विमल बराल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बिपुल न्यौपाने, रितेश द्धा, खेलकुद तर्फ सन्दिप चन्द, समुदाय तर्फका सदस्यहरुमा सदिप खड्का, सजना गिरी , सन्दिप पन्डित  र राजु शर्मा चापागाईँ चयन भएका छन् । कार्यक्रममा समुदायका प्रतिनिधि तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

२ वर्ष अगाडी फुटबल खेलको एकता बाट  स्थापित भई सिड्नीको ओरन पार्क क्षेत्रमा नेपाली समुदायलाई लक्षित गरेर सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा क्रियाशिल क्लवले बालबालिका, अभिभावकहरुका लागि अभिभावक समाज सँग सहकार्य गरि विभिन्न जनचेतनामूलक कार्यक्रमहरुका साथमा स्वास्थ्यसगं सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गदै आईरहेको र निकट भविष्यमा खेलकुद क्षेत्र लगायत समाज सेवाको क्षेत्रमा अझै सक्रिय भएर काम गर्ने योजना रहेको लम्सालले बताए ।