तामाङ सोसाईटी अफ् सिड्नीले बार्बी क्यु २०२५ आयोजना गर्दै

सिड्नी । तामाङ सोसाईटी अफ् सिड्नीले १६ औं वार्षिकोत्सवको अवसरमा बार्बी क्यु २०२५ आयोजना गर्ने भएको छ। कार्यक्रम २३ अगष्ट शनिवार १२ बजे देखि दिउँसो १२ बजेदेखि साँझ सम्म चल्ने सोसाईटी सिड्नीका अध्यक्ष अबिरल तामाङले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।

कार्यक्रममा नेपाली तथा तामाङ समुदायबीचको एकता, सद्भाव र सांस्कृतिक पहिचान प्रवर्द्धन साथै अष्ट्रेलियामा रहेका तामाङ समुदायलाई सांस्कृतिक भेषभूषा, पारम्परिक गीत–संगीत र सामुदायिक सहभागिता मार्फत आपसी सम्बन्ध मजबुत बनाउने लक्ष्य कार्यक्रमले लिएको जनाइएको  छ। कार्यक्रममा मनोरञ्जनात्मक खेलकुद, लाइभ गीत संगीत, तामाङ र नेपाली सांस्कृतिक प्रस्तुति साथै  विशेष बार्बी क्यु खानाको व्यवस्था गरिएको आयोजक संस्थाले बताएको छ। कार्यक्रमलाई दर्जनौँ सघंसंस्थाले प्रायोजन गरेका छन् । तामाङ समुदायको मात्रै नभएर सबैको साझा पर्व रहेकाले कार्यक्रममा उपस्थित हुन अध्यक्ष तामाङलेले सबैसगं अनुरोध समेत गरेका छन् ।