सिड्नी । अस्ट्रेलियामा रहेका तनहुँका व्यक्तिहरुको साझा संस्था तनहुँ समाज अस्ट्रेलियाले क्रुज पार्टी गर्ने भएको छ । नजिकिँदै गरेका दशैँ, तिहार जस्ता महत्त्वपूर्ण चाडपर्वहरुको शुभकामना आदान प्रदानसंगै समाजले अक्टोबर ५ शनिबार सिड्नीको डार्लिङ हार्वर किङ्स स्त्रीट वाट सुरु हुने क्रुज पार्टी बेलुका ६ बजेदेखि १० बजेसम्म चल्ने छ । कार्यक्रममा नजिकिदै गरेका चाडपर्वहरुको स्वागतसंगै एकआपसमा शुभकामना आदान प्रदान संगै भातृत्व कायम गर्ने र मनोरञ्जन गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको तनहुँ समाज अस्ट्रेलियाका अध्यक्ष मेघराज पौडेलले जानकारी दिए ।
समाजले बार्षिक रुपमा यो कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा अस्ट्रेलियालाई कर्मथलो बनाउदै आएका कलाकार ईश्वर पोखरेल अविरल र भ्वाईस अफ नेपालका उपविजेता आदेश पौडेल सहित अन्य कलाकारहरुको सागिंतिक प्रस्तुती रहनेछ । त्यस्तै डिजेको पनि विशेष प्रस्तुती रहने अध्यक्ष पौडेलले जानकारी दिए । कार्यक्रमलाई विभिन्न संघसंस्थाले हातेमालो गरेका छन् ।







