सिड्नी । अस्ट्रेलियालाई कर्मथलो बनाउदै नेपाली गीत संगीतमा निरन्तर क्रियाशिल सर्जक, कलाकार, मोडल तथा गायिका जेनिशा गौतमको देशभक्ति गीत ’विरताको देश’ सार्वजनिक भएको छ । विदेशमा बसेर उतै जन्मि हुर्किएका दोश्रो पुस्ताका बालबालिकाहरुलाई आफ्नो देश प्रेम प्रस्तुत गर्ने कथावस्तुमा आधारित म्युजिक भिडियोमा नेपालका चर्चित मेयर बलेन शाह,लोकप्रिय कलाकार महा जोडी, नेपाल र अष्ट्रेलियाका मनमोहक दृश्यका साथै नेपालमा मनाइने चाडपर्वका झलकहरु देखाइेको छ । गीतमा स्वर, संगीत,शव्द र निर्देशन उनै गायिका जेनिशा गौतमको रहेको छ । गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ भने नेपालका मौलिक कला, भाषा, संस्कृती, भेषभुषा र नेपाली पनलाई गीतको भिडियोमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
ओम गोरखालीको छायाँकन रहेको गीतको म्यूजिक भिडियोमा टेकेन्द्र शाहको सम्पादन तथा जेनिसा गौत्तम,अक्षता तिम्सिना र आयुष्ता तिम्सिनाको अभिनय रहेको छ ।आउदै गरेको नेपालीहरुको चाड दशैं र तिहार अबसर पारेर आफ्नो गीत रिलिज गर्न पाउदा आफू निकै खुसी भएको बताइन् । म्युजिक भिडियो रिलिज भएको दोस्रो दिन दिनमा नै धेरै दर्शकको माया पाएको भन्दै सबै ठाउँबाट राम्रो प्रतिक्रिया आईरहेको उनले बताईन् । उक्त गीतको म्यूजिक भिडियो युटुबमा जेनिशा ईन्टरटेन्टमेन्ट नामक युटबु च्यानलबाट सार्वजनिक गरिएको हो । हेर्नुस् म्युजिक भिडियो !






