बेलायतमा भागवत कथा वाचिका माता सपना देवीको ९ स्थानमा सत्सङ्ग कार्यक्रम हुदै, कहिले कहा ?

लण्डन । लण्डनमा विश्वविख्यात भागवत कथा वाचिका विदुषी माता सपना देवीको सत्ससङ्ग कार्यक्रम हुने भएको छ ।

कार्यक्रमका लागि विदुषी माता सपना देवी एवं भजन गायक योग गुरु केदार तिमल्सिना लण्डन आइपुग्नु भएको छ  ।

नेपाल लगायत विश्वको ४० औं देशहरुमा पुगेर आफ्नो सुमधुर वाचन शैलीबाट प्रवासी नेपालीहरुलाई धर्म संस्कृतिको जागरण गराउदै जनमानसको मन जित्न सफल नेपालमा दर्जनौं आश्रमको निर्माण गरि उल्लेखनीय समाजसेवा समेत गर्दै आउनु भएकी माता सपना देवी तथा भजन गायक योग गुरु केदार तिमल्सिनाले बेलायतको विभिन्न स्थानमा सत्सङ्ग एवं धार्मिक कार्यक्रम गर्न बेलायत आइपुगेको लण्डन नेपाल न्युज लाई बताए ।

सत्सङ्ग कार्यक्रम कहिले कहाँ हुदै

1. सेप्टेम्बर 27 तारीख west Drayton Sipson road. राजनारायण एवं इन्द्रावती रायमाझी परिवार गृह सत्सङ्ग

2. सेप्टेम्बर 28 तारीख खेम गुरुङ कमला गुरुङ गृह सत्सङ्ग

3. अक्टोबर 1 तारीख Uxbridge Rishika Thakuri, Barsha khati family गृह सत्सङ्ग

4. अक्टोबर तारीख भक्तमान सुनुवार परिवार गृह सत्सङ्ग

5. अक्टोबर 7 तारीख CATTERICK Darlington मा british Gorkhas & nepali community को आयोजनामा सत्सङ्ग कार्यक्रम

6.अक्टोबर 7 तारीख श्री पशुपतिनाथ मन्दिर शनिधाम बर्मिङ्गमा सत्सङ्ग कार्यक्रम

7.अक्टोबर 8 तारीख श्री दुर्गा मन्दिर बर्मिङ्गम इन्डियन मन्दिरमा सत्सङ्ग कार्यक्रम

8.अक्टोबर 10 तारीख पशुपति मन्दिर स्कटल्याण्ड सत्सङ्ग कार्यक्रम

9. अक्टोबर 11 तारीख श्री पशुपतिनाथ मन्दिर प्लमस्टेट साउथ इष्ट लन्डनमा दिब्य सत्सङ्ग कार्यक्रम

लन्डनको पाचौं पटक धार्मिक भ्रमण गरि रहनु भएकी माता सपना देवीको रिडिङ्ग , साउथ हल ,अल्डरसोट, बेइजिङ स्टोक लगायतका स्थानहरुमा पनि सत्सङ्ग कार्यक्रम हुने जानकारी लन्डन नेपाल न्युज लाई प्राप्त भएको छ । आफु लाई पायक पर्ने स्थानहरुमा श्रद्धालु भक्तजनहरु लाई उपस्थित हुनु भइ आध्यात्मिक लाभ प्राप्त गर्न आयोजक परिवार को तर्फबाट सबैलाई सादर आमन्त्रण पनि गरिएको छ