नेपालको भूकम्पमा विश्वका चर्चित भूगोलविदको निधन

Kuhle

जर्मनी प्रोफेसर तथा विश्वका चर्चित भूगोलविद एवं हिमनदी सम्बन्धी ज्ञाता डा.माल्थियस कुहले अब संसारमा रहेनन् । आफ्नो ६७ औं जन्म दिन मनाउन ६ दिनमात्रै बाँकी रहँदा बैशाख १२ गतेको भूकम्पमा परी कुहलेको निधन भएको छ ।

हिमाली क्षेत्रमा भइरहेको वातावरणीय परिवर्तनबारे अध्ययन गर्न कुहले जर्मनबाट विद्यार्थीहरु लिएर नेपाल आएका थिए । भूकम्पका बेला उनी गोरखामा थिए, जहाँ उनको निधन भयो । उनीसँगै उनका केही विद्यार्थीहरुको पनि निधन भयो ।

प्रोफेसर कुहलेले नेपाल लगायत तिब्बत र मध्य एशियाको हिमालय क्षेत्रमा लगातार ३० वर्षसम्म अध्ययन गरेका थिए । उनले नेपालको मर्स्याङ्दी। सेतीलगायतका नदी र त्यसक्षेत्रको वातावरणीय प्रभावबारे लामो अनुसन्धान गरेका थिए ।

एशियाको हिमाली क्षेत्र र यहाँका हिमनदीको आयुबारे लामो अनुसन्धानमा लागे कुहलेको जीवन अन्ततः नेपालकै भूमिमा हुन पुग्यो ।