क्विन्सल्यान्डको केर्नी स्प्रिङबाट नेपाली नर्स बेपत्ता परिवारले गर्यो खोजिका लागि अपील

सिड्नी । अस्ट्रेलियामा कार्यरत एक नेपाली नर्स बेपत्ता भएकी छिन् । क्वीसल्याण्ड स्थित टोम्बा, केर्नी स्प्रिङ सहरबाट २६ वर्षीय नर्स सम्झना अधिकारी सोमबार देखि हराईरहेको क्विन्सल्यान्ड प्रहरीले जनाएको छ । उनी २ महिना अगाडी मात्रै डार्बिनबाट क्वीसल्याण्ड आएकी थिईन् । सोमबार बिहान ९ बजेको आसपासमा आफ्नी श्रीमती हराईरहेको भन्दै श्रीमान समिर अधिकारीले खोजिका लागि सबैसंंग आग्रह गरेका छन् । प्रहरीले पनि केर्नी स्प्रिङबाट बेपत्ता भएको भन्दै उनको खोजिका लागि सार्वजनिक रुपमा अनुरोध गरेको छ । सम्झना अन्तिम पटक गोल्डसन ड्राइभमा बिहान ९ः५० मा देखिएकी थिइन् भने त्यसपछि उनी कसैसँग सम्पर्कमा छैनन् । सम्झनाको स्वास्थ्य अवस्था समेत सामान्य नरहेको प्रहरी र परिवारको भनाई छ । उनले हरियो ट्र्याकसूट प्यान्टको साथ नीलो ब्लाउज (तस्विरमा देखाईएजस्तै) कपडा लगाएकी थिइन् । पोखरा स्थायी घर भएकी सम्झनाको खोजिका लागि  विभिन्न स्थानीय नेपाली संघसंस्थाहरु सहित विभिन्न व्यक्तिहरु लागिरहेका छन् ।क्विन्सल्यान्ड प्रहरीले घटनाको जानकारी भएमा १८००३३३००० कल रिपोर्ट गराउन अनुरोध गरेको छ।

क्विन्सल्यान्ड प्रहरीले जारी गरेको सुचना : https://mypolice.qld.gov.au/news/2024/08/26/missing-woman-kearneys-spring-2/