शिब भण्डारी
लण्डन ।बेलायतमा प्रतिभा नक्षत्रको पाचौ संस्करण सम्पन्न भएको छ। नेपाली मौलिक कला, साँकृति पुस्तान्तरणको लक्ष्यसहित हरेक वर्ष प्रतिभा नक्षत्र हुँदै आएको छ ।
लण्डनस्थित वुल्विचको सेन्ट गर्ज्स ग्यारिसन हलमा अगष्ट २६ तारिख सोमबार सो कार्यक्रम सम्पन्न भएको हो ।
बेलायतमा बस्दै आएका नेपाली बालबालिका भित्र लुकेको प्रतिभा खोज्न २०१७ देखि प्रतिभा नक्षत्र गर्दै आएको त्यसका परिकल्पनाकार राजेन्द्र खसले लण्डन नेपाल न्यूज लाई बताए । 

कार्यक्रममा गुल्मेली पन्चेबाजासहित लाखेनाच, कुमारीनाच र नेपाली मौलिकता झल्काउने स्टलहरू राखिएका थिए । त्यस्तै विभिन्न सांस्कृतिक प्रस्तुतिहरूसँगै नेपाली कला र साहित्यका कार्याक्रम प्रमुख आकर्षणका रुपमा थिए ।

ग्रीनवीच बरोका नेपाली मूलका पहिलो मेयर जीत रानाभाट प्रमुख अथिति रहेको कार्यक्रममा निर्णायक (जज) बरिष्ठ गायक दिप श्रेष्ठ,सुरज श्रेष्ठ, कविता घर्ति मगर,नायक ध्रुव दत्त र पल्पसा डंगोल थिए ।
कार्याक्रमलाई सम्बोधन गर्दै मेयर रानाभाटले प्रतिभा नक्षत्रले आफ्नै बरोमा नेपाली भाषा र संस्कृतिकलाई जोगाएको बताएका छन् । उनले यस कार्यक्रमले सो क्षेत्रमा महत्वूर्ण योगदान पुराएको बताए ।,
आगामी दिनमा सो कार्यक्रमलाई सहयोग गर्ने प्रतिवद्धता गरेका छन्। यो कार्याक्रम आयोजना गर्नु नेपाली कला, सांस्कृति यहाँ बस्दै आएका बालबालिकालागि पहत्वपूर्ण हो, उनले भने, त्यसैले यसका परिकल्पनाकार खससहित सम्पूर्ण टिमलाई विशेष धन्यबाद दिन चाहान्छु । उनले भने,

त्यस्तै कार्यक्रममाविशेष अथिति गुल्मीको रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थी साहित्यकार तथा मुक्तककार बियोगी बुढाथोकी रहेका थिए ।
कार्यक्रममा उपस्थित सबैलाई कार्यक्रम संयोजक कुमार श्रेष्ठ र सन्तोष कार्कीले स्वागत मन्तव्यबाट स्वागत गरेका थिए । ळक्ष्मन गुरुङ र सिमरन तामाङले सञ्चालन गरेको कार्यक्रममा एनआरएन युकेका प्रेमगाहा मगरले बेलायतमा नेपाली बालबालिकाहरूलाइ नेपाली भाषा, संस्कृति, संस्कार दिने महत्वपूर्ण योगदान गरेको भन्दै परिकल्पनाकार राजेन्द्र खस एबम प्रतिभा नक्षत्रलाइ आफ्नो साथ सहयोग रहेको बताए ।
कार्यक्रममा पासा पुचः गुथि यूके अध्यक्ष शुशिल प्रजापति अतिथि कलाकारहरु पल्पसा डंगोल, सुरेन्द्र केसी, जोगिन्दर, संगीतकार वसन्त सापकोटा, केदार संकेत ट्रष्टी इन्द्र कार्की खस,लगायत कार्यक्रममा उपस्थित थिए ।

काबा अध्यक्ष बिजया दाहाल भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलायतस्थित नेपाली संघसंस्था प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो।
सहभागी प्रमुख अतिथी, विशेष अतिथी र अतिथीहरुलाई गुल्मी प्रथम नौमति बाजा यूकेले न्यानो स्वागत गरेको थियो। काबा अध्यक्ष भण्डारीले कार्यक्रममा उपस्थित भएर सफल पारिदिने सबैमा धन्यवाद तथा आभाार प्रकट गरिन्
प्रतिभा नक्षत्रका प्रमुख संरक्षक मनिष श्रेष्ठले प्रतियोगिता ऐतिहासिक बन्न सफल भएको व्यक्त गरे । उनले आगामी वर्षहरुमा यसलाई अझ परिष्कृत गरिने पनि बताए ।
विजेताले पाए नगद पुरस्कारसहत ट्रफी र प्रमाणपत्र
प्रतिभा नक्षत्रमा बाल तथा युवागरी दुई छुट्टाछुट्टै समूहमा प्रतिष्पर्धा रहेको थियो । बाल नक्षत्रमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः युवातर्फ पहिलो र दोस्रो र तेस्रो हुनेले क्रमशः ७००, ६०० र ५०० पाउन्ड तथा बालतर्फ ५००, ४०० र ३०० पाउन्ड नगद पुरस्कार ट्रफी र प्रमाणपत्रपुरस्कार पाएका छन्
कार्यक्रममा बाल नक्षत्र प्रतियोगिमा युवानी हिराजन प्रथम भएकी छन् । उनले पाँच सय पाउण्ड नगदसहित ट्रफी र प्रमाणपत्र पाएकि छन् ।
त्यस्तै द्वितीय आभा अधिकारी भएकीछन् । उनले चार सय पाउण्ड नगदसहित ट्रफी र प्रमाणपत्र पाएकि छन् ।
तृतीय स्थान अभिनव साउदले हातपारेका छन् । उनले तीन सय पाउण्डसहित ट्रफी र प्रमाणपत्र पाएकि छन् ।
त्यस्तै युवा नक्षत्र तर्फबाट प्रथम नेहारिका राई भएकिछन् । उनले नगद सात सय पाण्डसहित ट्रफी र प्रमाणपत्र पाएकि छन् । त्यस्तै द्वितीय लोभिस भट्टराई भएका छन् । उनले छ सय पाउण्डसहित ट्रफी र प्रमाणपत्र पाएका छन् । भने तृतीय एन्जेलिका राउत (सुवाल) भएका छन् । उनले पाँच सय पाउण्डसहित ट्रफी र प्रमाणपत्र पाए छन् ।






