एनआरएनए अध्यक्षमा बद्री केसीले जितेको घोषणा पछी पराजितले गरे नाराबाजी, अरु कस्ले जिते कस्ले हारे ?

काठमाडौं । एनआरएनए अध्यक्षमा डा बद्री केसी निर्वाचित भएका छन्। काठमाडौंमा जारी एघारौँ विश्व सम्मेलनअन्तर्गत विहीबार अनलाइन र प्रत्यक्ष माध्यमबाट सम्पन्न निर्वाचनमा उनी अन्य दुई प्रातिस्पर्धीलाई हराउँदै अध्यक्षमा विजयी बनेका हुन् ।  

राती अबेर घोषित नतिजाअनुसार डा. केसीले १३७८ मतसहित विजय हासिल गर्दा आरके शर्माले १२८१ मत र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरे ।

६ उपाध्यक्षमा डा. हेम राज शर्मा (२२६५), रोविन शेरचन (२१८०), राज रेग्मी (१९००), डा. विनोद श्रेष्ठ (१५६०), रामशरण सिमखडा (१५५२) र खगेन्द्र न्यौपाने (१३५७) निर्वाचित भए। महिला उपाध्यक्षमा रोजिना प्रधानले १९४७ मत प्राप्त गरेर विजयी हुँदा यसमिन वेगम सैयदले १९१४ मत प्राप्त गर्दै पराजित बनिन्।त्यस्तै, युवा उपाध्यक्षमा रोसन थापाले २४६८ मत प्राप्त गरेर विजयी भए भने पराजित अब्दुल बासिदले १३२२ मत प्राप्त गरे ।

महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भए । महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गरि पराजित भए।

यस्तै उपमहासचिवमा सोम सापकोटा (१७९०) र प्रविन गुरुङ (२१५०) विजयी भए ।

यस्तै ६ सचिव पदमा मनोज कुमार श्रेष्ठ (२०२४), डा. नवराज रोस्यारा (१८५३), , डा. ज्ञानेन्द्र रेग्मी (१७८२), भिम केसी कमल (१६७३),  स्वतन्त्र प्रताप शाह (१६६६) र पारसमणि पोखरेल (१६५१) विजयी भएका छन् ।

यस्तै महिला सचिवमा टिका गुरुङ राधिका (२३२०) विजयी भइन् भने पराजित विमला सापकोटाले १५३९ मत प्राप्त गरिन् ।

संघको कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी ठाकुर प्रसाद ढुंगानाले १९१२ मत प्राप्त गरे ।

यस्तै तीन सहकोषाध्यक्षमा तिलक प्रसाद गैरे (२२३२), अभिमन्यू बस्नेत (२०८१) र कृष्ण प्रसाद तिमल्सेना (२०१५),मत प्राप्त गरेर विजय हासिल गरे । यस्तै महिला सहकोषाध्यक्षमा अमृत थापाले २२८७ मत प्राप्त गरेर विजयी भइन् । उनीकी प्रतिद्धन्द्धी तृष्णा शर्माले १५२२ मत प्राप्त गरिन् ।

यस्तै अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गरेर विजयी भइन् भनेका  पराजित देविका खत्री गुरुङले १५२४ मत ल्याइन् । संघको युवा संयोजकमा सुपेन्द्र घिसिङले २०३६ मत प्राप्त गरेर विजयी हुँदा पराजित रविन अधिकारीले १७६५ मत प्राप्त गरे ।

पराजित उम्मेद्वारहरुले घोषित नतिजा अस्स्वीकार गर्दै संस्थापन पक्षले धाँधली गरेको आरोप लगाएका छन्

उपाध्यक्ष उम्मेद्वार डा केशव पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखिएको भन्दै उम्मेदवार आफैंले आफैंलाई भोट नहाल्ने अवस्था हुन नसक्ने भन्दै घोषणा गरिएको मत परिणामप्रति उम्मेदवारहरुले आक्रोश व्यक्त गरेका हुन् । 

अध्यक्षका प्रत्यासी महेश श्रेष्ठ,आरके शर्माले यो निर्वाचन रद्द गरी छानबिन  हुनुपर्ने बताए ।  विदेशबाट चुनावको लागि आएका एनआरएनए प्रतिनिधिहरूको भावना प्रति खेलबाड गरेको भन्दै रोष प्रकट गरेका थिए।

निर्वाचित भनिएको नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने श्रेष्ठ र शर्माको माग छ