लण्डन । बेलायतमा आगामी मे ५ मा हुने स्थानीय चुनावका लागि उम्मेदवार घोषणा र चुनावी प्रचार प्रसार कार्य तीब्र रुपमा अगाडी बढेको छ । यसैबीच आगामी निर्वाचनमा लन्डन बरो अफ बार्नेटबाट काउन्सिलर पदमा उम्मेदवारी घोषणा गरेका लक्ष्य बहादुर गुरुङले पनि चुनावी प्रचार प्रसार र भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् ।
तमु धि लण्डन इकाईका वरिष्ठ सल्लाहकार पूर्व उपमेयर काउन्सिलर समेत रहेका उनी बेलायतको सबैभन्दा ठुलो कन्जरभेटिभ पार्टीबाट उम्मेदवारी घोषणा गरेका हुन् । काउन्सिलर पदका उम्मेदवार गुरुङले आइतबार चुनाव विशेष कार्यक्रमको आयोजना गरी आफुलाई सम्पूणर् नेपाली समुदाय मिलेर जिताउन आग्रह गरेका छन् ।
तमु धि लण्डन इकाईका अध्यक्ष विष्णु गुरुङको नेतृत्वमा भएको चुनावी प्रचार प्रसार अभियानलाई थप प्रभावकारी ढंगबाट अगाडी बढाउन संस्थाका विभिन्न पदाधिकारीहरुको उपस्थितिमा लण्डनको “एजवेर वार्ड“ एरियामा घर घरमा प्रचार प्रसार गर्दै लिफलेट झार्ने कार्य सम्पन्न भएको छ ।
उक्त अवसरमा तमु धि लण्डन इकाईका अध्यक्ष गुरुङले सस्थाको तर्फबाट पूर्व उपमेयर तथा काउन्सिलर लक्ष्य गुरुङलाई जितको लागि अग्रिम शुभकामना दिएका थिए। त्यस्तै सोही अवसरमा तमु धिं लण्डन इकाईका पूर्वअध्यक्ष तथा सल्लाहकार डेविड गुरुङले उममेयर रहँदा पनि उहाँले गर्नुभएको कार्यको उच्च प्रशसां गर्दै अझै अग्र स्थानमा सहभागीता गराउनका लागि गुरुङ समुदाय र विशेष गरी नेपालीहरुले साथ दिनुपर्ने जोड दिए ।
प्रचार प्रसार कार्यक्रममा सस्थाका उपाध्यक्षहरु, ट्रस्टिजहरु आमा समुहकी अध्यक्ष माया गुरुङ उपाध्यक्षहरु तथा सदस्यहरुको उपस्थिति रहेको थियो । आफ्नो चुनावी प्रचार प्रसार अभियानमा सहयोग गरेकोमा तमु धि लण्डन ब्रान्चलाई पूर्व उप मेयर काउन्सिलर लक्ष्य गुरुङले सवैलाई धन्यवाद दिँदै आफुलाई जिताउन आग्रह गरेका थिए ।
साथै तमु धि लण्डनका पदाधिकारीहरुले लक्ष्य गुरुङको साथमा संस्था विगतमा पनि रहेको र आगामी चुनावसम्मै प्रचार प्रसार तथा अन्य आवश्यक कार्य गर्नका लागि प्रतिबद्ध रहने जनाएका थिए । चुनावी प्रचार प्रसार कार्यक्रमको समापनसगैं अन्त्यमा उपस्थित सम्पूणर्लाई अध्यक्ष बिष्णु गुरुङको निवासमा जलपान र खानाको व्यवस्था गरिएको थियो ।
पूर्व उपमेयर काउन्सलिर रहेका लक्ष्य गुरुङले आफ्नो कार्यकालमा बेलायतको बार्नेट र पोखरा शहरबीच मैत्रीपूणर् सम्बन्ध स्थापना गर्न महत्वपूणर् भूमिका निर्वाह गरेका थिए । उनले आफ्नो बरो अफ बार्नेटसगंको सम्बन्ध सुधार र विस्तारका लागि तत्कालिन बेलायती राजदुतको उपस्थितिमा विशेष कार्यक्रम समेत गरेका थिए ।
गुरुङ बार्नेट काउन्सिलको उपमेयर पदमा निर्विरोध निर्वाचित भएका थिए । बर्न्टओक नेपाली समाजका पूर्व अध्यक्ष गुरुङ नेपाली समुदायलाई उनले पुराएको सेवाको कदर स्वरुप बार्नेट सिभिक अवार्ड बाट सम्मानित पनि भएका थिए ।






