बेलायती प्रधानमन्त्री बोरिस जोन्सन संकटमा- दर्जनौँ मन्त्रीले दिए राजीनामा

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको  सरकारका झन्डै तीन दर्जन मन्त्री र सल्लाहकारले राजीनामा गरेपछि  प्रधानमन्त्री जोनसन राजनीतिक संकटमा परेका छन् ।

प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै एकपछि अर्को मन्त्रीले राजीनामा दिएका हुन् ।

बोरिस मन्त्रीमन्डलका  अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाभेदले राजीनामा गरेको २४ घण्टा बित्न नपाउंदै जोन्सनको साथ छोड्ने मन्त्री र सल्लाहकार झन्डै तीन दर्जन पुगेका छन्।

दर्जनौँ मन्त्रीको राजीनामापछि प्रधानमन्त्री जोन्सनमाथि राजीनामाको चर्को दबाब परेको छ। ब्रिटिश संसद्को नियमित प्रश्नोत्तर सत्रमा उनले आफूले सन् २०१९ को निर्वाचनबाट जनादेश पाएको र त्यो जारी रहने बताउदै प्रधानमन्त्री जोन्सनले राजीनामा नदिने अडान राखेका छन् ।