लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अन्तत राजिनामा दिने भएका छन् । आफू पार्टीको नेताबाट राजिनामा दिने बताएको मिडियाहरुले उल्लेख गरेका छन् ।
विहीबार बिहानसम्ममा उनको मन्त्रिपरिषद्का अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाभेद लगायत करिब आधा दर्जन सदस्यहरु तथा करिब ६० जना विभिन्न राजकीय जिम्मेवारीमा रहेका सांसदहरुले राजिनामा दिएका थिए।
सन् २०१९ मा सम्पन्न आमनिर्वाचनमा स्पष्ट बहुमत ल्याएका जोन्सन आफ्नै पार्टीभित्र सन्तुलन मिलाउन नसक्दा करिब दुई वर्ष अघि नै पदबाट बाहिरिन बाध्य भएका छन् ।
उनले पार्टीमा नयाँ नेता निर्वाचित नहुञ्जेल अन्तरिम प्रधानमन्त्री रहिरहने इच्छा जाहेर गरे पनि पार्टीभित्र उनीमाथि अहिल्यै सत्ता छोडीहाल्न दबाब बढेको छ ।






