ओलीले भने, ‘मिति सारेर एकैचरण चुनाव गरौं’

काठमाडौं– एमालेले वैशाख ३१ को निर्वाचन मिति केही दिन सारेर भए पनि एकैचरणमा निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगको भेटमा एमाले अध्यक्ष केपी ओलीले यस्तो प्रस्ताव गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आन्तरिक छलफल गरी ओली निवास बालकोट गएका कांग्रेस नेताहरुले भने दुवै चरणको निर्वाचन तालिका आइसकेकाले पुनस् एकैचरणको निर्वाचन गर्न असम्भव हुने बताए ।

कांग्रेस नेताहरुले संविधान संशोधनमा सहयोग गर्न र सहयोग गर्न नसके संसद्को प्रकृयामा अवरोध नगर्न आग्रह गरेका थिए । तर, एमाले अध्यक्ष ओलीले कुनै पनि हालतमा संविधान संशोधन गर्न नदिने भन्दै पुन: संसद अवरोधको संकेत दिएका थिए ।