सिएनसिबिजिले आस्फोर्डमा गर्र्यो नेपाली नागरिकता निरन्तरता सम्बन्धी अन्तर्क्रिया

लन्डन । सिएनसिबिजिले आस्फोर्डमा नेपाली नागरिकता निरन्तरता सम्बन्धी एक अन्तर्क्रिया सम्पन्न गरेको छ ।

“बंसजको नागरिकता नत्यागौ,निरन्तरता अभियानमा एकजुट होऔं ” भन्ने सन्देश समुदाय स्तरमै पुगेर फैलाउदै जाने उध्यस्य अनुरुप गत १० अगस्ट शनिबारका दिन सागरमाथा गोर्खा नेपाली कम्युनिटि आस्फोर्ड केन्ट(SGNCAK) को हलमा पुगि सिएनसिबिजिले वंशजको नेपाली नगरिकता निरन्तरता सम्बन्धी विषयमा एक अन्तर्क्रिया कार्यक्रम भब्य र सभ्य तवरले सुसंपन्न गर्‍यो।

कार्यक्रममा संस्थाका अध्यक्ष थर्क राना लगाएतका केन्द्रीय समितिका सदस्यहरुले भाग लिनु भएको थियो । उक्त कार्यक्रमको मुख्य अतिथि सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्डका अध्यक्ष डम्मर सिंङ्गक लिम्बू हुनुहुन्थ्यो भने सिएनसिबिजिका अध्यक्ष थर्क रानाज्यूले अध्यक्षता गर्नु भएको थियो । कार्यक्रममा उपस्थित अन्य अतिथिहरुमा महिला समाज आस्फोर्ड अध्यक्ष उमा गुरुङ्ग, बुद्धिष्ट समाज केन्द्रकी अध्यक्ष प्रेम कुमरी गुरुङ्ग, मन्जुश्री माने मोलम समुह आस्फोर्ड अध्यक्ष तारा गुरुङ्ग, नेपाली कलाकार प्रस्तोता समाज आस्फोर्ड अध्यक्ष जानुका पुन ओखलढुङ्गा जिल्ला समाज आस्फोर्ड  उपाध्यक्ष राजदेवी गुरुङ्गज्यू हुनुहुन्थ्यो । त्यसैगरि मगर समाज आस्फोर्ड अध्यक्ष क्या. (रि) नानि बाबु मगर, गुरुङ्ग समाज आस्फोर्डका अध्यक्ष क्या. (रि) डोल बहादुर गुरुङ्ग हुनुहुन्थ्यो । वहाँहरु सबैले सिएनसिबिजिले चलाएको वंशजको आधारमा नेपाली नागरिकता निरन्तरता अभियान प्रति पूर्ण समर्थन र ऐक्यवद्धता सहित कार्यसफलताको शुभकामना व्यक्त गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।

गोर्खा नेपाली समाज फोक्स्टन, केन्टका अध्यक्ष क्याप्टेन राम बहादुर पुनज्यूले पनि अभियान प्रति व्यक्तिगत साथै संस्थाको तर्फबाट पूर्ण समर्थन र ऐक्यवद्धता साथै सहयोगको प्रतिवद्धता रहने खबर पठाउनु भएको थियो ।

उपाध्यक्ष शोभराजले संचालन गर्नु भएको उक्त कार्यक्रममा महासचिव भक्त राना ज्यूले सिएनसिजिको अवधारणा प्रस्तुत गर्नु भएको थियो भने कृष्ण राईज्यूले एनआरएनको बिधान प्रस्तुत गर्दै त्यो गोर्खाहरुको हकमा घातक हुने कुरामा जोड दिनुभएको थियो ।

साथै केकास सदस्य दिर्ग गुरुङज्यूले अभियानलाई सशक्त र दरिलो बनाउन अन्तराष्ट्रीय सन्धि र कानूनहरुलाई स्पष्ट पार्दै सबैले ती सन्धि र कानूनहरु बुझ्नु पर्ने आवश्यकतालाई औंल्याउनु भएको थियो।

कार्यक्रमको अन्तिमतिर अध्यक्ष थर्क रानाज्यू साथै केकासका अन्य सदस्यज्यूहरुले अन्तर्क्रिया कार्यक्रममा उपस्थित महानुभावहरुको बिभिन्न जिज्ञासाहरुको जवाफ दिनु भएको थियो ।

अन्त्यमा अध्यक्ष थर्कज्यूले अभियानको आवस्यकता र महत्वलाई स्पष्ट पार्दै नैतिक, भौतिक अनि आर्थिक सहयोगको पूर्ण अपेक्षा गर्दै सम्पूर्ण उपस्थित महानुभावहरुलाइ धन्यबाद दिंदै कार्यक्रमको समापन गर्नु भयो।