बेलायतको रश्मोर बरो सँग गुल्मीका पालिका प्रमुखबीच भेटवार्ता

लन्डन । बेलायतमा सबैभन्दा धेरै नेपालीहरुको बसोवास रहेको रश्मोर बरो काउन्सिल र नेपाल को गुल्मी जिल्लाका पालिका प्रमुख बीच भेटघाट भएको छ ।

रश्मोर बरो मेयर मारा माकुनुरा काउन्सिलका पधदकारीहरु एबम गुल्मी दरबार गाउ पालिका अध्यक्ष सरोज थापा र काली गण्डकी पालिका अध्यक्ष बेद बहादुर थापा बीच भेटघाट सहित आपसी सम्बन्धका विषयमा छलफल भएको हो।

भेटघाटमा गुल्मीका पालिका प्रमुखहरु बेलायतको स्थानीय तहको अवस्था र विकासका बारेमा जानकारी लिएका थिए ।

बेलायतको रस्मुरबरो र गुल्मीको ऐतिहासिक सम्बन्धले दुवै पक्षबीच सांस्कृतिक, पर्यटन, शिक्षा तथा व्यापारका क्षेत्रमा थप सहयोग पुग्ने आशा व्यक्त गरे।

भेटघाट पछि पालिका अध्यक्ष हरुले बरोका मेयर लगायतलाई गुल्मी भ्रमणको लागि सबैमा अनुरोध गरेका थिए ।

कार्यक्रममा मेयर मारा माकुनुरा र काउन्सिलका सम्मिलित भेटघाटमा स्थानिय तह र सेवाप्रवाहका साथै नेपाली भाषी तथा व्रिटिश गोर्खा अवस्थावारे परामर्श र जानकारी आदानप्रदान समेत भएको थियो।

कार्यक्रमको संयोजन नेपाली मुलका पूर्व काउन्सिलर जिव वेलवासे, नेम थापा, एबम काउन्सिलर धन सार्किले गरेका थिए।गुल्मी जिल्ला समाज युकेका अध्यक्ष रुद्र थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न्न भएको हो ।

उक्त समारोहमा ,गुल्मी जिल्ला समाज यूके संस्थापक अध्यक्ष ओमप्रसाद थापा सल्लाहकारहरु प्रेम गाहा मगर,गोकर्ण बस्नेत,शिब भण्डारी लगायतको उपस्थिति थियो ।