बेलायतको नटिङ्घममा भब्य बन्यो दोश्रो”नटिङ्घम नेपाली मेला”दर्जनौ कालकार सँग झुभि झुमि नाचेर रमाए नेपाली

लण्डन ।बेलायतको नटिङ्घममा दोश्रो “नटिङ्घम नेपाली मेला “भब्य बनेको छ कार्यक्रममा दर्जनौ कालकारहरुले प्रस्तुती दिदा झुभि झुमि नाचेर रमाएका थिए । मिड्ल्याण्डमा हुने गरेका नेपाली कार्यक्रम र समारोह मध्ये यो सबैभन्दा ठुलो मेला हो।

वेलायतको मिड्ल्याण्डमा नेपालीहरुको बाक्लो बसोवास रहेको छ । नेपाली समाज नटिङ्घमले गत बर्ष देखि मिड्ल्याण्ड र बेलायत भरिबाट समेत बिभिन्न बिधा र क्षेत्रमा सहभागिता हुने गरियो मेला आयोजना गर्न सुरु गरेको हो।

निवर्तमान अध्यक्ष श्री रविन्द्र शर्मा को अध्यक्षतामा रहको कार्यसमितिले मिड्ल्याण्डमा सबै संस्थाको समेत सहभागिता हुनेगरि बृहद नेपाली मेला आयोजन गर्न सुरु गरेको नोटिङघम नेपाली मेला यस पटक झनै भव्य र सभ्य रुपमा सम्पन्न भयको छ ।

मेलाको अध्यक्षता नेपाली समाज नटिङ्घमका बर्तमान अध्यक्ष श्री राम प्रसाद पन्थीले गर्नू भयको थियो भने कार्यक्रम सन्चालन महासचिव बीरेन्द्र खडका(रेशम) ले गर्नू भयको थियो । कार्यक्रममा हेल्थ एन्ड सेफ्टी बारे जानाकारी गराउदै स्वागत मन्त्वय उपाध्य लोकनाथ अधिकारीले दिनु भयको थियो ।कार्यक्रमको लागी आर्थीक सकंलनको समन्वय अर्का उपाध्यक्ष मूकून्दहरी खरालले गर्नू भयको थियो । कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रमूख अतिथी नटिङ्घम सायर का सांसद तथा बेलायत सरकारका जूनियर मिनिस्टर अनरेवल एम पि लिलियन ग्रिनवड र बिशेस अतिथि शरिफ अफ नोटिङघम काउन्सिलर लियाकत अली र अर्का बिशेष अतिथी नैनिटनका डेपूटी मेयर भिम सारू ले संयुक्त रुपमा गर्नु भएको थियो।

कार्यक्रममा सस्थाका सस्थापक अधक््यक्ष रण केसीले आयोजकका तर्फबाट शूभकामना मन्तव्य राख्नू भयको थियो भने सस्थाका भूतवूर्व अधक्ष्य गोबीन्द खरालले सस्थाले गरेको गतिबीधी बारेमा जानकारी गराउनू भयको थियो । उपस्थित प्रमुख अतिथी र बिशेष अतिथी दूबै जनाले कार्यक्रम लाई सम्बोधन गर्दै नेपाली समाज नटिंघमले साच्चिकै एक नमूना कार्यक्रम गरेको र अन्य इथ्निसीटीले पनि यसको अनुकरण गर्नु पर्ने बताउनु भयो । यो सैहार्दपूर्ण कार्यक्रमले बेलायती प्रशासनलाई नया सोच र कम्यूनीटी समन्वय गर्न सहयोग मिल्ने बताउनु भयो र कार्यक्रमको सफलताको कामना गर्नु भयो ।

सन्स्थाका अध्यक्ष श्री राम प्रसाद पन्थीले कार्यक्रममा उपाथित सबैलाई हार्दिक स्वागत, धन्यबाद एवं कृतज्ञता ज्ञापन गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने दाता महानुभाब्ज्युहरुलाई बिशेष धन्यबाद दीदै नटिघमबासी सम्पूर्ण महिला पुरुष सबैको साथ र सहयोग को लागि धन्यबाद दीदै औपचारिक कार्यक्रमको अन्य गर्नु भयो । संस्थाका कोषाधक्ष्य रबीन्द्र गिरीले कोष ब्यबस्थान, भलीबलका खेलाडी बूद्दी गूरूङ ले भलिबल सम्बन्धि ब्यबस्थापन गर्नू भयको थियो । संस्थाका खेलकूद सयोजक बसन्त अधिकारीले पार्को समग्र ब्यबस्थापन र बिभिन्न खेल ब्यबस्थापनमा भुमिका निभाउनु भयको थियो ।

मेलामा बेलायत भरिका ९ नेपाली भलिबल टिमको मैत्रिपुर्ण भलिबल प्रतियोगिता, १२ बर्षमुनिका वच्चाहरुको जुनियर फुटवल, यसै गरी अन्य रोचक खेलहरु, श्रीमती बोकेर दौडिने,आखामा पट्टि बाँधेर श्रीमती चिन्ने , डोरि तान्ने, कबर्डी ,लगायत खेल बनायर मनोरञ्जन गराउने जिम्मा कार्य समिति सदस्य अशोक रिजाल, सल्लाहकार डिलाराम गौतम र आजिवन सदस्य शालिकराम घिमिरेले गराउनू भयको थियो ।

स्टल ब्यबस्थापनमा समाजका प्रबक्ता दूर्गा सापकोटाले भुमिका निर्वाह गर्नू भयको थियो भने पार्कीङको ब्यबस्थापन ट्रष्टी गगां ढकाल ,कार्यसमिति सदस्य हेमलाल गैरेर र अर्जून सापकोटाले गर्नू भयको थियो । त्यैगरि पार्कमा सरसफाई व्यबस्थापन को लागी कार्य समिति सदस्य दोर्ण डागीं लगायत सल्लाकार गणेस सापकोटा र ओमेन फाउन्डेसनले गरेको थियो । त्यसैगरि मेलास्थलमा खटिएका प्रहरिहरुसंग आवश्यक र नियमित समन्वय, प्यारामेडिक को टिम संगको समन्वय लगायतमा सस्थाका निवर्तमान अधक्ष्य रविन्द्र शर्माले र भोलेन्टियर हरुसंगको समन्वय यज्ञ डूम्रेले गर्नू भयको थियो ।कार्यक्रममा सस्था भूतपूर्व अधक्ष्य तारानाथ भन्डारी,भूतपूर्व अधक्ष्य बिष्णू चालिसे भूतपूर्व अधक्ष्य प्रविन पान्डे ज्यू लगायतले रमाइला खेलमा भाग लियर मनोरञ्जन गराउनू भयको थियो ।

करिव २२०० जतिको सहभागिता रहेको यस मेलामा सृजनशील नेपाल लेस्टर, शान्ति नेपाली समाज बर्मिघम, हनम्रो नेपाली समाज वोल्भरहाम्टन, ग्रान्थम नेपाली समाज ,पिटरबोरो नेपाली समाज,कभेन्ट्रि नेपाली समाज,लिभरपुर नेपाली समाज,गल्कोट समाज युके,पंचकोट समाज युके, का अध्यक्ष र प्रतिनिधि ज्युहरु, लन्डन, वेल्स, स्कटल्यान्ड लगायत बिभिन्न शहर बाट नेपाली सघं सस्थाका प्रतिनिधी र खेलाडी हरुले बिभिन्न खेलकूदमा भाग लियका थिय गल्कोट समाज यूके लगायत स्कटल्यान्डका नेपाली समाजले खेलकूदहरूमा भाग लियर मनोरञ्जन गरायका थिय ।कार्यक्रममा काभ्रे सोसाईटीले पनी सहयोगी भूमीका खेलेको थियो 

भलिबलको उपाधी गल्कोट समाज यूकेले जितेको थियो भने उपबिजेता स्कटल्यान्ड भयको थियो गत सालको बिजेता नोटीङघम समाज यसपाली सेमीफाइनलमा बाहिरियको थियो । यस्ता कीसीमका मेला महोत्सवले नेपालीमा भाइचारा र कल्चर बचाउने र अब आउदा दिनहरूमा अझ प्रभाकारी गराउदै लैजाने भनी सस्थाका अधक्ष्य राम प्रसाद पन्थी र महासचिव बीरेन्द्र खडका जानकारी गराउनू भयो।कार्यक्रम मा यूकेका साउथहाम्टन देखी लन्डन,वेल्स देखी स्कटल्यान्डबाट झन्डै २ हजार भन्दा धेरै उपस्थीती रहेको थियो ।

कलाकार सूर्य खडका ,टिका सानू,रविन लामिछाने,सूमन परियार,राजन कार्की,सूशीला गौतम,रेणूका भट्टराई ,सृजना खत्री लगायत स्थानिय कलाकार प्रमिला डागीं ,अन्जना सापकोटा र सूसान घिमिरेको नेपाली र्याप समेत नोटीङघम ओमेन फाउन्डेशनकी अधक्ष्य नीरू चालीसेको महिला समूहले समेत भरपूर मनोरञ्जन गरायका थिय ।प्यारामेडिक र सुरक्षा ब्यबस्ताको सुनिसचितता मा पुर्व अध्यक्ष गोबिन्द खरेल र कलाकार समन्वय र ब्यबस्थापनमा उपाध्यक्ष लोकनाथ अधिकारीले सहयोगि भुमिका निर्वाह गर्नुभएको थियो ।