सिड्नी अस्ट्रेलियामा सीआईएचई गल्फ लिग २०२४ जारी रहेको छ । न्यू साउथ वेल्स राज्यमा रहेको नेपाली गल्फरहरुको संस्था नेपलिज गल्फर एसोसिएशनको आयोजनामा विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि दोश्रो सीआईएचई गल्फ लिग आयोजना गरेको छ । आठ ओटा प्रतियोगी समुहबीच हुने यो लिगलाई क्राउन ईन्स्टिच्यूट अफ हाईयर एजुकेशनले गरेको छ । प्रतियोगीतामा विभिन्न देशका प्रवासीहरुले पनि भाग लिएका छन् । १८ फब्रुअरी २०२४ बाथे शुरू भएको पहिलो लिग खेलमा पल्लब बर्जाचार्य ४२ अंक सहित प्रथम भए भने ४० अंक सहित देब कोइराला दोस्रो भएका छन् । इस्टेबल फोडको आधारमा खेलाईएको उक्त खेलमा नियरेष्ट अफ द पोईन्ट जिवन चालिसेले जितेका छन् भने भिम सुब्बाले लंगेष्ट ड्राईभको उपाधी जिते ।

अबर्न स्थिति रोज्नी गल्फ कल्वमा भएको पहिलो दिनको बिजेतालाई अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका निवर्तमान अवैतनिक महावाणिज्यदूत दिपक खड्काले पुरस्कार वितरण गरेका थिए । त्यसैगरी यही २४ मार्च आइतवार फक्सहिल गल्फ क्लवमा भएको दोस्रो लिग खेलमा जम्मा १९ जना प्रतियोगीले सहभागीता जनाएकोमा ३५ अंकका साथ दिपक पहारी प्रथम भए भने ३२ अंकका साथ दिपक खड्का दोस्रो भए ।
उक्त खेलमा नियरेष्ट अफ द पोईन्ट देब कोईरालाले जिते भने लंगेष्ट ड्राईभ सुदीप बास्तोलाले जित्न सफल भएका थिए । खेलमा विजय प्रतियोगीहरुलाई पुरस्कार वितरण गर्दै न्यू साउथ वेल्स राज्यका निवर्तमान अवैतनिक महावाणिज्यदूत दिपक खड्काले विदेशमा रहेर पनि नेपाली बिच यसरी गल्फ खेल्न पाउदा साह्रै खुसि लागेको भन्दै यस्ता प्रतियोगीताले अरु देशका खेलाडी सग पनि आफ्नो कला सस्कृति बारे जानकारी आदान प्रदान गर्न पाउनु सुखद पक्ष रहेको भन्दै आयोजकलाई धन्यवाद व्यक्त गरे । आयोजकको तर्फबाट प्रणब मैनालीले लिगको सीआईएचईलाई धन्यवाद दिदै अबको तेस्रो खेल गोर्डेन गल्फ क्लव एनएसडब्ल्यूको हुने जानकारी दिदै इच्छुकलाई सम्पर्क गर्न आग्रह गरे ।






