तक्दीर अधिकारी
सिड्नी । कोरोना महामारीले आर्थिक असर र यसको व्यवस्थापनमा अस्ट्रेलिया सरकारले ल्याएको सहुलियत, नीति, नियम र कार्यान्वयनमा अस्ट्रेलियामा कार्यरत लेखा तथा करविज्ञहरुले सहयोग गर्ने भएका छन् । विगत लामो समयदेखि अस्ट्रेलियामा रहेर लेखा, कर तथा वित्तीय क्षेत्रमा काम गरेका अनुभव एकाउन्टेटहरु सिड्नीका टीका भट्टराई, डिला खरेल,धुर्ब भण्डारी ,क्यानभेराका चुडा सापकोटा र मेलवर्नका केशव सापकोटाले सेवा दिन तयार रहेको बताएका छन् ।
विशेषतः व्यक्तिगत करदाता, साना व्यवसाय र मझौला व्यवसायीले के कसरी कुन सहयोग गर्न सकिन्छ, सरकारले घोषणा गरेको आर्थिक सहयोग कसरी पाउन सक्छन् भन्ने नियम कानुनको परिधिभित्र रहेर उनीहरुले सहयोग गर्ने बताएका छन् ।
सरकारी नियम कानुन पु-याएर लिनुपर्ने विभिन्न सेवा सुविधा के के हुन् र अस्ट्रेलिया सरकारले आर्थिक रुपमा आफ्ना नागरिक र यहाँ रहेका साना, मझौला र ठूला व्यवसाय तथा संस्थालाई कसरी सहयोग गर्दैछ ? यसवारे नेपाली मूलका विज्ञहरुले आ–आफ्नो व्यवसायिक र पेशागत दयाराभित्र रहेर सरकारको नीति नियम र आर्थिक सहायता के कसरी लिने भन्नेबारे संयुक्त रुपमा सेवा प्रदान गर्ने बताएका छन् ।






