गायक खुमन अधिकारीले माच्चाए सिड्नीमा धमका

सिड्नी । गुल्मी समाज अस्ट्रेलियाको तीज विशेष कार्यक्रममा गायक खुमन अधिकारीले माच्चाए सिड्नीमा धमका माच्चाएका छन ।ईन्द्रेणी फंक्सन सेन्टरमा अगष्ट २६ तारिख शनिवार बेलुकी ५ बजेदेखि १० बजेसम्म सञ्चालन भएको कार्यक्रममा नाचगान रमाईलो गर्दै उपस्थित अतिथि एवम् दर्शकहरुले तीज विशेष कार्यक्रम भव्य रुपमा मनाएका हुन् । 

हरितालिका तीज नजिकिँदै गर्दा प्रवासमा रहेका विभिन्न नेपाली संघ संस्थाहरुले तीज विशेष कार्यक्रम आयोजना गर्न थालेका छन् । परदेशमा रहेका नेपाली दाजु भाई दिदीबहिनीहरुबीच आपसी सद्भाव कायम गर्ने र तीज पर्वलाई भव्य रुपमा स्वागत गर्दै नेपालीहरु तीज विशेष कार्यक्रमहरु धमाधम आयोजना हुन थालेका छन् ।

यसैबीच गुल्मी समाज अस्ट्रेलियाको तीज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । । गुल्मी समाज अस्ट्रेलियाका सचिव युबराज भट्टराइले स्वागत मन्तव्य सहित उपस्थित लाई स्वागत गरेका थिए । कार्यक्रममा नेपालबाट आएका चर्चित राष्ट्रिय लोक दोहरी कलाकारद्धय खुमन अधिकारी र चन्दा अर्याललाई गुल्मी समाज अस्ट्रेलियाकी अध्यक्ष कमल बस्नेतले खादा लगाएर स्वागत एवम् सम्मान गरेकी थिईन् ।

कार्यक्रममा कलाकारद्धय अधिकारी र अर्यालले उपस्थित दर्शहरुलाई विभिन्न तीज गीत संगीतहरु प्रस्तुत गर्दै छमछमी नाचेका थिए । हरितालिका तीजको स्वागतार्थ आयोजित कार्यक्रममा नाच गान रमाईलो गरिएको थियो । कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेल, पूर्व अध्यक्ष कृष्ण गैरे, संस्थापक अध्यक्ष राज खनाल, समाजसेवी एवम् रोयलस्टेट व्यवसायी मुरारी लम्साल सहित विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेकेो थियो ।