तक्दीर अधिकारी
सिड्नी । कुनै समय सरसफाइ अभियन्ताको रुपमा परिचय कमाएका अष्ट्रेलियामा रहेका युवा खेम शर्माले अहिले अप्रत्याशित रुपमा लेखकको परिचय बनाएका छन् । उनले आफ्नै अनुभवमा आधारित पुस्तक स्वर्णिम रहस्य गत जुन १९ मा विमोचन गरे । तर विमोचनकै क्रममा करिब १८ लाख रुपैया बराबरको १ हजार प्रति पुस्तक विक्री भयो । र नयाँ रेकर्ड कायम भयो ।
मानव जीवनलाई सुखी, सरल र स्वस्च्छ आत्मानुशासनमा कसरी राख्न सकिन्छ भन्ने बिषयमा २५ शुत्रहरु यस पुस्तकमा दिइएको छ । ती पुस्तकमा दिइएका शुत्रहरु पालना गरेको खण्डमा मानवको अस्तव्यस्त जीवन व्यवस्थित जीवनमा परिणत गर्न मद्धत गर्ने लेखक शर्माको विश्वास छ ।’म आफैले मेरो जीवन बदल्न सफल भएको कारण म यो दाबी गर्छु,’ उनी भन्छन्, ‘एकपटक यो पुस्तक पढ्नुस र यसमा दिइएका कुराहरु आफ्नो जीवनमा फलो गर्नुस, तपाइँको जीवन धेरै व्यवस्थित हुनेछ ।’

१९ जुन शनिबार रकडेलको इन्द्रेनी फंसनसेन्टरमा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहलको प्रमुख आतिथ्यतामा एनएसडब्लुका महाबाणिज्यदूत दिपक खड्का, नेपाली समाजका अगुवा नारायण प्रधान, इन्द्रा वन, साहित्यकार केदार पोखरेल ,कानुनविद शम्सेरसिंह थापा, एनआरएन आइसीसी उपाध्यक्ष मन केसी, एनआरएनका महासचिव ज्ञानेन्द्र रेग्मी, पत्रकार महासंघ अस्ट्रेलियाका अध्यक्ष ऋषी आचार्य लगायतले सामुहिक रूपमा पुस्तकको विमोचन गरेका थिए ।
पढौँ उनै लेखकसँग लण्डन नेपाल न्यूज अष्ट्रेलिया ले गरेको कुराकानी ।
पुस्तक नै लेख्ने यो कन्सेप्ट चाँहि कसरी आयो ?
यो कन्सेप्ट चाहि म गत बर्ष मार्चमा नेपालमा थिएँ। पर्यटन मन्त्रालयमार्फत पूर्व मेची देखि पश्चिम महाकालीसम्म रहेका विमानस्थलहरुको भ्रमण गर्ने क्रममा अडिट गर्ने काममा गएर अष्ट्रेलिया फर्केको थिएँ । त्यसपछि सेल्फ आइसोलसनमा बस्नु पर्याे । होटलको एक कोठामा १५ दिन बस्नु पर्याे । बाहिर हिडिरहने मान्छे भित्र बस्नुपर्दा निकै गाह्रो भो । अब बस्नु नै छ जसरी पनि र यसलाई कसरी फलदायी बनाउने त ? एक कैदमा बस्ने कैदीले पनि समय राम्रो बनाउन सक्छ नि त । म पनि आफू पनि यस समयलाई कसरी राम्रो फलदायी गर्ने भनेर आत्मानुशासन को काम गर्न थालेँ ।
सबेरै उठ्ने देखि दिनभर कोठा भित्रै बाट गर्न मिल्ने विभिन्न कामहरु गर्न थालेँ । २५ कुराहरु । मैले लकडाउन खुलेपछि पनि ती कामहरु दैनिक गर्दै गर्दा अनूभुति भयो आनन्दको । जसले गर्दा बाहिर मात्र नभएर भित्रबाट पनि सफलता महसुस गरेँ ।
मार्च २३ तारिखमा ल्याण्ड गरेको थिएँ, १५ दिन आइसोलेसजमा बसको थिएँ । शुरूको ६ दिन जति विगत ५ बर्षमा काम गरेको तथ्यांकहरु निकाल्न थाले । त्यो शुरु गर्दा ६ दिनमा ५ सय भन्दा बढी डकुमेन्ट्रीहरु कलेक्सन गरे । मैले गरेका कामहरुको । ६ दिन पछि मसँग ८ दिन बाँकी रह्यो । अनि मैले आत्मानुशासनको कुराहरु गर्न थाले । बाहिर निस्कदा त मैले रेगुलर गर्न सक्ने भइसकेको थिएँ । गर्दै जाँदा चाहि यस्तो रहेछ भनेर तीन महिनामा मैले गर्न सक्ने भन्ने लाग्यो मलाई । त्यसपछि चाँहि बूक लेख्ने आइडिया आयो ।

अरु साथीहरुलाई पनि यो फाइदाबारे भन्नु पर्याे । यो सर्वजनिक कुरा पनि हो । म पहिल्यै समाजमा भएको कारणले । मैले सार्वजनिक रुपमा भन्नको लागि पुस्तक लेख्ने काम गरेँ । सबैलाई व्यक्तिगत रुपमा भन्नुभन्दा पुस्तकबाटै लेखेर शेयर गर्छु भनेर ताकि यो कुराले अरुको जीवनमा पनि राम्रो परिवर्तन आयो भने राम्रो हुन्छ सहयोग हुन्छ कि भनेर शुरू गरेको ।
लेख्दै गर्दा समय यसै खर्च भयो भन्ने फिल त भएन ?
राम्रो प्रश्न गर्नुभयो । सात आठ दिनसम्म मैले दिनको एक डेढ घण्टा लेखे । मैले अनुभव गरेर लेख्न थालेको हुनाले कहिल्यै पनि त्यस्तो अनुभूति भएन ।
लेखाइको क्रममा कोकस्को सपोर्ट र उत्साह पाउनुभयो ?
विभिन्न व्यक्तित्वहरुको सपोर्ट पाएँ । पहिलो कुरा त तीन महिनासम्म मैले गरिसकेपछि हाम्रो मनऋषी धितालले एक दिन मेरो विहान ४ देखि राती ९ बजेसम्म त्यो दिनको गतिविधिहरु हेर्नुभयो । उहाँले पनि मलाई प्रेरणा दिनुभयो । उहाँले मलाई समाजमा प्रेरणा दिनुपर्छ भनेर सहयोग गर्नुभयो । मेरो श्रीमतीले पनि साथ दिनुभयो ।
त्यसपछि लेख्न शुरू भयो । म लेखक पनि होइन, त्यसैले मलाई धेरै साथ र सहयोग चाहिने भएको कारण अन्य धेरैले साथ दिनुभयो । राससका सम्पादक हुनुहुन्छ उहाँले सहयोग गर्नुभयो ।
यसका मुख्य बुँदाहरु के हुन् ?
हामीसामू एकदम व्यस्त जीवनशैली रहेको छ । त्यस ब्यस्त जीवन शैलीलाई सहज बनाउने उपायहरु यस पुस्तकमा छन् । अध्यात्मवाद र भौतिकवादको दोबाटोमा उभिएर आध्यात्मिकता र वैचारिकतलाई व्यवहारिक र वैज्ञानिक ढंगले यस पुस्तकले पस्किएको छ । यी दुबै पक्षको सन्तुलनबाट मात्र अहिलेको मानव अनशासित, सुखी र सफल बन्न सक्छ । यस्तै सफल जीवनका सरल विधिहरुको उत्खनन् गरी यस पुस्तकमा २५ शुत्रहरु अगाडि सारिएको छ ।
काम र विश्रामवीचको सन्तुलन, समय र परिस्थितीवीचको सन्तुलन, मनोविज्ञान र शरीरबीचको सन्तुलन, धन र स्वास्थ्यबीचको सन्तुलन कायम गर्ने सरल शुत्रहरु यस पुस्तकभित्र छन् । जीवन मन, बुद्धि, दृश्य, वाणी र श्रवाणबीचको सन्तुलन हो । अझ कर्मेन्द्रिय र ज्ञानेन्द्रियबीचको सन्तुलनबाट जीवनलाई क्रियाशील बनाउने सरल शुत्रहरु समेत यस पुस्तकमा छन् ।
दिनभरको क्रियाशीलता र विश्रामपछिको निश्चिन्तता नै जीवनको सार्थकता हो । नदीझैँ बेलगाम आफ्नो प्रवाहमा बग्ने जीवनलाई आत्मानुशासनको बाँध बाधेर अत्याधिक कुशल इन्जिनियरीङ्ग गरिएको यो पुस्तक बिहान उठेदेखि राति नसुतेसम्मको समयलाई कसरी ऊर्जाशील बनाउने ? निश्चिन्त भएर कसरी निदाउने ? आदि जस्ता प्रश्नहरुको जवाफले आच्छादित छ ।
समयको पूजा गर्ने अनुभव सिद्ध तत्यहरु रहेको यस पुस्तकमा समयलाई भगवान ठानी यसैको पूजा गर्न सिकाइएको छ । अरुलाई चिन्न खोज्दा आफैँलाई बिर्सने मानवीय कमजोरीलाई हटाउने र एक सफल, स्वाधीन र पूर्ण मानवको कालीगढी यस पुस्तकमा गरिएको छ ।
वर्तमान समयमा मानिसहरुमा भएको व्यस्तताको अवस्थामा यस पुस्तकले कस्तो सन्देश जाला जस्तो लाग्छ ?
हामीहरुको अस्तव्यस्त जीवन शैली छ । यस पुस्तकले त्यसलाई ब्यबस्थित गर्न सहयोग गर्छ । अहिले हाम्रो भइरहेको आउटपुट भन्दा यसले धेरै माथि पुर्याउँछ । जति १२ घण्टामा हामीले सफलता हासिल गर्छाै यसको कारणले ६ घण्टामा त्यो गर्न सकियो भने पनि हामीलाई धेरै फाइदा हुन सक्ने भयो ।
हामीले गर्न सक्ने काहरु चाँहि हाइ इफिसेन्सीमा गर्न सक्छौँ यदि यसलाई फलो गर्न सक्यो भने । र अर्काे कुरा दिनभरी काम गर्न पनि यसले उर्जा दिन्छ भने बेलुका पनि राम्रो र आनन्दसँग सुत्न पनि यसले सहज नै गर्छ । त्यो हिसाबले पनि मलाइ लाग्छ एक ब्यत्तिको ब्यक्तित्व बनाउनेका निम्ती सहयोग गर्न महत्वपूर्ण छ भन्ने मलाइ लाग्छ ।
पुस्तक विमोचन गरेर वितरण गरेको एक हप्ता भइसक्यो । कस्तो प्रतिक्रियाहरु पाउनुभएको छ पाठकहरुबाट ? अनि प्रतिक्रिया कसरी लिइरहनुभएको छ ? शुरूमा हामीले २ जनालाई पुस्तक दिएका थियौँ, त्यो भन्दा अघि रिभ्यू गर्नको लागि । उहाँहरुले पूरै पुस्तक पढेर दिनुभएको थियो । हाम्रो राजदूत महेशराज दाहाल र साहित्यकार केदार पोखरेल बुवाले । त्यसपछि सबैलाई पुस्तकहरु प्रदान गर्याैँ र सबै चिनजानको साथीहरुलाई दिएको र सम्पर्कमै भएकोले सजिलै प्रतिक्रिया दिइरहनुभएको छ । बुकमा इमेल नै राखिएको छ । अहिले अष्ट्रेलियाको सिड्नी मात्र वितरण गरिएको हुनाले यहीबाट मात्र कलेक्सन गरेका छौँ ।
पुस्तकले कस्तो कारोबार गर्ला ?
पहिलो कुरा जुन दिन हामीले विमोचन गर्याे त्यही दिन एक हजार प्रति अर्डर भयो । लगभग १८ लाख नेपाली बराबरको कारोबार गर्न सफल भयौँ । त्यहीबाट खर्च कटाएर पनि ३ लाख ५५ हजार बचाएर नेपाल पत्रकार महासंघलाई दिन सक्ने भयौँ । जसलाई हामीले नेपामा कोभिड पीडित नेपाली पत्रकारहको सहायेगमा जाने छ भनेर भनिएको छ । त्यहाँपनि हामीले सहयोग गर्न सफल भएका छौँ । यो सम्पुर्ण रकम पुस्तक वितरण गरेर उठीसकेपछि पठाउँछौँ ।

अबको तयारी के गर्दै हुनुहुन्छ ? बाहिरी क्षेत्रमा पनि बुक पठाउने बारे ?
अब बाहिर कसरी पठाउने भन्ने बारेमा तयारी गरेका छौँ । एक हजार प्रति पुस्तक विमोचनकै समयमा वितरण गरेको हो । अझै २ चार दिन पाठकहरुबाट प्रतिक्रिया लिएर बाहिर कसरी जाने भनेर निर्णय गर्दैछौँ । चाँडै नै हामीले सिड्नी बाहिर र अष्ट्रेलिया बाहिर पनि वितरण गर्ने तयारी गरीरहेका छौँ ।
यो तपाइको पहिलो बूक हो, के यसको दोस्रो संस्करण या अन्य बुक लेख्ने तयारी गर्दै हुनुहुन्छ ?
तक्दीर जी म एकदम खुलेर भन्न चाहान्छु । म लेखक होइन । म त्यतिधेरै लेख्न पनि जान्दिन र मले अनुभव गरेका कुराहरु मैल जे अनुभव गरे त्यही लेखेको हुनाले म आफुले आफूलाई राइटर भन्दिनँ । म जहाँसम्म लाग्छ मेरो माध्यमबाट कसैले लेखाइएको छ के यो पुस्तक चाँहि । हुजुरले पढ्नु भयो भने पनि महसुस गर्न सक्नुहुन्छ । मेरो थ्रू भएर समाजमा मेसेज पठाउन खोजिएको छ । त्यो भएको हुनाले भविष्यमा म लेख्छु लेख्दिन भन्न सक्दिन । हिजोसम्म म सरसफाइ अभियान्ता भनेर मात्र चिनिन्थे । लकडाउन अघि म आफैलाई थाहा थिएन मैले किताब पनि लेख्छु भनेर । भनेपछि भविष्यको कुरा भविष्यलाई नै छोडिदिन चाहान्छु ।
अष्ट्रेलियामा रहेका युवाहरुलाई के भन्न चाहानुहुन्छ ? जो विभिन्न काममा व्यस्त भएको कारण आफ्नो लेखाइ पढाइको निम्ती लिजर टाइम कसरी निकाल्न सकिन्छ ?
राम्रो प्रश्न गर्नुभयो । सबैभन्दा ठूलो कुरा भनेको के हो भने ब्यस्ता एक ठाँउमा हुन्छ । हामी जति नै ब्यस्त भएपनी हामी खान छोड्दैनौँ, सुत्न छोड्न सक्दैनौँ । उठ्न छोडदैनो भने पुस्तक पढ्न लेख्न पनि हामीले कुनै कुनै क्रममा त गरिरहेका हुन्छौ । अस्तब्यस्त भन्दा पनि समयलाई व्यवस्थापन गर्न सकियो भने द मोर बिजियर यु आर द मोर टाइम यू ह्याभ भन्ने त तपाइँले पनि सुन्न भएको होला । समयको व्यवस्थापन गर्न सकियो भने सबै कुराहरु सकिन्छ भन्ने सन्देश यो पुस्तकबाट थाहा पाउन सकिन्छ ।






