प्रवासी नेपाली एकता मञ्च यूकेले सर्वोच्चको आदेशविरुद्ध जारी गर्‍यो यस्तो विज्ञप्ती

लन्डन। बेलायतस्थित प्रवासी नेपाली एकता मञ्च यूकेले सर्वाेच्च अदालतले मंगलवार वर्तमान कामचलाउ सरकारमा रहेका २० जना मन्त्रीको नियुक्ती कार्यान्वयन नगर्न दिएको आदेशको आलोचना गरेको छ ।

बुधबार एक विज्ञप्ती जारी गर्दै मञ्चका अध्यक्ष भक्त गुरुङ र महासचिव सुरेशजङ्ग शाह ले कार्यपालिकाको निर्णयमाथि अदालतले ठाडो हस्तक्षेप गरेको बताएका छन् । उनीहरुले अदालतको यो आदेशले देशविकास र कोभिड नियन्त्रण गर्न पनि असर पुर्याएको ठहर गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘जुन २२ गते नेपालको सर्वोच्च अदालतद्वारा नेपालको मन्त्रीपरिषद् पुनर्गठनलाई बदर गर्ने निर्णय देश र जनताका लागि अप्रत्याशित र क्षतिपूर्ण भएको प्रवासी नेपाली मञ्च–यूके ठहर गर्दछ । सर्वोच्चको यस निर्णयबाट देश विकास र कोभिड महामारी नियन्त्रण गर्नमा समेत असर पुर्याएको छ ।’

देशको कार्यकारिणी प्रमुखको राज्यप्रशासन सञ्चालन गर्ने निहित अधिकारलाई नियोजित गर्न खोजेर न्यायलयले कार्यपालिका माथी ठाडो हस्तक्षेपकारी भूमिका निर्वाह गरेको उनीहरुले बताएका छन् ।

हेरौँ विज्ञप्ती

हिजो जुन २२ गते नेपालको सर्वोच्च अदालतद्वारा नेपालको मन्त्रीपरिषद् पुनर्गठनलाई बदर गर्ने निर्णय देश र जनताका लागि अप्रत्याशित र क्षतिपूर्ण भएको प्रवासी नेपाली मञ्च–यूके ठहर गर्दछ । सर्वोच्चको यस निर्णयबाट देश विकास र कोभिड महामारी नियन्त्रण गर्नमा समेत असर पुर्याएको छ ।

देशको कार्यकारिणी प्रमुखको राज्यप्रशासन सञ्चालन गर्ने निहित अधिकारलाई नियोजित गर्न खोजेर न्यायलयले कार्यपालिका माथी ठाडो हस्तक्षेपकारी भूमिका देखाएको छ र यस निर्णयले जनतालाई दु:खी तुल्याएको छ ।

भक्त गुरुङ
अध्यक्ष
सुरेशजंग शाह
महासचिव, प्रवासी नेपाली एकता मञ्च यूके