दाङ, १५ साउन । संविधानमा हिन्दूराष्ट्र राख्नुपर्नेलगायतका माग राखेर स्वधर्म संस्कृति संरक्षण अभियान, हिन्दू जागरण अभियानलगायतका विभिन्न संस्थाले आह्वान गरेको दाङ बन्दका कारण आज बिहानैदेखि जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दूरीमा सवारीका साधन नचलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
त्यसैगरी, जिल्लाका तुलसीपुर, घोराही, नारायणपुर, लमही, भालुवाङबजार पनि बिहानैदेखि पूर्णरुपमा बन्द रहेका छन् ।
त्यसैगरी, शिक्षण संस्था, कलकारखाना पनि बन्द नै छन् । बिहानैदेखि तुलसीपुर बजारका ठाउँठाउँमा पसल बन्द गराउनका लागि बन्दकर्ता हिँडेका देखिन्थे भने बजारमा सुरक्षाकर्मीको परिचालन पनि बाक्लो रहेको छ ।
हिन्दूराष्ट्र राख्नुपर्ने भन्दै दाङ बन्द






