इंग्ल्याण्ड नर्थवेस्ट समिति गठनको वातावरण बनाउन एनआरएन यूकेको टोली लिभरपुल प्रस्थान

  • शिव भण्डारी

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको टोली इंग्ल्याण्ड नर्थवेस्ट समिति गठनको वातावरण बनाउन लिभरपुल प्रस्थान गरेको छ ।

एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीको नेतृत्वमा पदाधिकारीसहितको टोली शनिबार लिभरपुल प्रस्थान गरेको महासचिव आर.के. त्रिपाठीले जानकारी दिए । टोलीमा अध्यक्ष फगामीसहित उपाध्यक्षहरु प्रेम गाहा मगर, शेर सुनार, पुनम गुरुङ, महासचिव आर.के. त्रिपाठी, उपमहासचिव विनय अधिकारी,एनआरएन यूकेका धर्म विभाग प्रमुख होमनाथ पौडेल, र एनआरएन यूकेका सल्लाहकारसमेत रहेका आईएमई लन्डनका निर्देशक कमल पौडेल लगायत पत्रकार शिब भण्डारी छन् ।

इंग्ल्याण्ड नर्थवेस्ट समितिमा लिभरपुल, ब्ल्याकपुल, मेन्चेस्टर, बोल्टन सहरका नेपालीहरु रहनेछन् । इंग्ल्याण्ड नर्थवेस्ट समिति गठन गर्न लिभरपुलका गोपाल अधिकारीसहित प्रा.डा. पदम सिंखडा,डा.पुरुषोत्तम पौडेल, डा. हेमराज शर्मा, भक्त गुरुङ लगायत एनआरएन अभियन्ताले संयोजन गर्ने जानकारी   

इंग्ल्याण्ड नर्थवेस्ट समिति गठन गर्नु अगाडि अन्तर्क्रिया कार्यक्रम हुनेछ । एनआरएन यूके स्रोतका अनुसार अन्तर्क्रियाबाट राय सुझाव संकलन गरी निकट भविस्यमा सहमतिमा समिती गठनगर्ने प्रक्रियामा जानेछ ।

यसैबीच इंग्ल्याण्डको परिषद गठनको कार्य अहिले ‘विचाराधिन’ अवस्थामा छ ।आकांक्षी धेरै भएकाले नेतृत्वमा सहमति गराउन भने कठीन छ। सहमति हुन नसके पनि क्षेत्रीय समिति गठनको प्रक्रिया भने आरम्भ हुनेछ।

एनआरएन यूकेले यसअघि नर्दन आयरल्याण्ड, वेल्स, स्कटल्याण्डलगायतमा आफ्नो क्षेत्रीय समिति गठन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *