सिड्नी । अस्ट्रेलियास्थित तनहुँ समाज अस्ट्रेलिया र तनहुँ समाज हङकङले गृह जिल्ला तनहुँको व्यास नगरपालिकाले निमाण गर्न लागिरहेको पिसिआर परिक्षण प्रयोगशालाको लागि आर्थिक सहयोग गरेका छन् । व्यास-१० दुम्सी बजार स्थित आधारभुत स्वास्थ्य केन्द्रमा निर्माणाधीन प्रयोगशालाको लागि दुई समाजको तर्फबाट चार लाख सहयोग गरेका हुन् ।
तनहुँ समाज हङकङबाट रु दुई र तनहुँ समाज अष्टेलियाबाट रु दुई गरी चार लाख सहयोग प्राप्त भएको व्यास नगरपालिकाले जनाएको छ ।
हङकंङमा रहेका समाजका पदाधिकारीको पहलमा उक्त रकम संकलन गरिएको समाजका अध्यक्ष प्रेम गुरुङले जानकारी दिए ।
विदेशमा रहेर पनि विपत्ती र समस्यामा आफ्नो क्षेत्रलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्दै जाने उनीहरुले प्रतिवद्धता जनाएका छन् ।

अष्ट्रेलिया समाजका अध्यक्ष दिनेश खनाल, महासचिव सुर्य खनाल र किरण खनाल लगायतको पहलमा उक्त रकम संकलन गरिएको हो ।
तनहुँ समाज हङकङको तर्फबाट समाजका पूर्व अध्यक्ष भिमराज गुरुङले नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन । यस्तै तनहुँ समाज अष्टेलियाको तर्फबाट सत्यप्रसाद खनालले न्यौपानेलाई सहयोग रकम हस्तान्तरण गरेको बताइएको छ ।
आफ्नो जन्मभुमिमा सहयोग गरेर हङकङ र अष्ट्रेलियाको तनहुँ समाजले उदाहरणिय र प्रशंसनिय काम गरेको भन्दै नगर प्रमुख न्यौपानेले धन्यवाद ज्ञापन गरेका छन् ।
रकम हस्तान्तरण गर्दै तनहुँ समाज हङकङका पुर्व अध्यक्ष भिमराज गुरुङले समाजले विगत १ दशक देखी तनहुँको सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको चर्चा गर्दै पिसिआर ल्याबका लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।
जिल्लाभर कोरोना संक्रमण बढी रहेको र पिसिआर परिक्षणको नतिजा ढिलो गरी प्राप्त भएको अवस्थामा जिल्ला भित्रै पिसिआर परिक्षण गर्न सबैका लागि सहज होस् भन्ने उदेश्यका साथ व्यास नगरपालिकाको पहलमा तनहुँमै पिसिआर प्रयोगशाला स्थापना गर्न लागिएको हो ।
कार्यक्रममा व्यास नगरपालिकाका उप–प्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम सिग्देल, प्रेस सल्लाहकार प्रदिप काफ्ले लगायतको उपस्थिति रहेको थियो ।
यसैविच पिसिआर ल्याबको सहयोगका लागि तनहुँ समाज हङकङका पुर्व अध्यक्ष भिमराज गुरुंङले सहयोग प्रदान गरेका छन ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई पिसिआर ल्याबका लागि समाजका पुर्व अध्यक्ष गुरुङले रु। १५ हजार नगद सहयोग गरेका हुन् ।






