फेन्काको चौथो साधारण सभा सम्पन्न, बोम योञ्जनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

सिड्नी । फेडेरसन अफ नेप्लिज कम्युनिटि एशोसियसन्स अफ अष्ट्रेलिया (फेन्का) को चौँथो साधारण साधारण सभा सम्पन्न भएको छ । अगष्ट २५ तारिख सिड्नीको रकडेल स्थित एभरेष्ट तन्दुरी फंक्सन सेन्टरमा  सम्पन्न साधारण सभाले बोम योञ्जनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।नबनिबचित अध्यक्ष बोम योञ्जनले अध्यक्ष नयाँ कार्य समितिले सामुदायिक सस्थाहरुको सबली करणमा ध्यान दिनु पर्ने बताए ।   नवगठित समितिको उपाध्यक्षमा डा. मधु पुडासैनी, सचिव कपिल पाण्डे, कोषाध्यक्ष राजन कोईराला, प्रवक्ता भोला गिरी, सहसचिव डा. प्रकाश पौडल, सह कोषाध्यक्ष डा. बिनोद दाहाल, सह प्रवक्ता जीवन राना, न्यू साउथ वेल्स राज्य संयोजक विष्णु हमाल, भिक्टोरिया राज्य संयोजक दिपक देव पंगेनी, साउथ अस्ट्रेलिया संयोजक शुरेन रेग्मी, वेस्टर्न अस्ट्रेलिया राज्य संयोजक योगेन्द्र थापा, क्यानबेरा राज्य संयोजक सुरेश पौडेल लागायत रहेका छन् । अन्य राज्यका राज्य संयोजकहरु मनोनित गरिने फेन्काले जनाएको छ।

बिहान ११ बजेदेखि १ बजेसम्म  चलेको  बन्द सत्रमा अस्ट्रेलियामा भएका संघ संस्थाका प्रतिनिधिहरुको भौतिक र अनलाईन दुबै माध्यमबाट उपस्थित भएका थिए । २ बजेबाट ४ः३० बजेसम्म सुरु भएको खुल्ला सत्रमा महासचिव मधु पुडासैनीले सञ्चालन गरेका थिए भने मन्तव्य फेन्का न्यू साउथ वेल्स संयोजक विष्णु हमालले स्वागत मन्तव्य सहित स्वागत गरेका थिए । खोज अनुसन्धान समितिका संयोजक डा. राजु अधिकारीले प्रस्तुती राख्दै नेपालीहरुले अस्ट्रेलियामा देखाएको क्रियाशिलता र योगदान बारे चर्चा गरेका थिए । कार्यक्रममा निर्वाचन समिति संयोजक उमेश पन्थले नयाँ कार्यसमिति नामावली घोषणा गरेका थिए । फेन्काका निवर्तमान अध्यक्ष डा. कृष्ण हमालले आफ्नो कार्यकालमा भएका कार्यहरुको कार्यप्रगती प्रस्तुत गरेका थिए । अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलले फेन्काले संस्थाहरुको पनि संस्था भएर काम गरेको र विभिन्न सघंसंस्थाहरुको समन्वय गरेर सरकारी निकायसंग पुर्याएको बताए । उनले फेन्कामा दिएका तथ्यांकका आधारमा राजदुताबासले पनि नजिक भएर काम गर्ने बताए । एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ एनआरएनएले फेन्कासंग समन्वय गरेर अगाडी बढेको भन्दै फेन्काको कार्य प्रशंसनीय रहेको बताए । उनले आफु एनआरएनएबाट बाहिर रहेपनि व्यक्तिगत रुपमा र एनआरएनएको तर्फबाट सदैव आवश्यक समन्वय र सहयोग गरेर अगाडी बढ्ने बताए । हेमंग शर्माले पनि फेन्काको बारेमा बोल्दै सामुदायिक सस्थाहरुको कार्यको मुल्याङ्कन गर्नु पर्ने बताए ।  त्यस्तै भुटान टु ब्ल्याकटाउन पुस्तकका लेखक ओम ढुंगेल ले सामुदायिक सस्थाहरुले आफ्नो सबल पक्षको पहिचान गरेर अगाडि बढनु पर्ने बताए ।

न्यू साउथ वेल्स राज्यका तल्लो सदनका सदस्य तथा छाया  बहुसांस्कृतिक मन्त्री मार्क क्वर , सांसद
राइड सदस्य स्वास्थ्य तथा बहुसांस्कृतिक छाया मन्त्री जोर्डन लेन, लिबरल पार्टी विधायक परिषद सदस्य ज्याकी मुनरो लगयतको उपस्थिती रहेको थियो। 

कार्यक्रममा रोयल वेस्टर्न क्लव भिकटोरिया, नेपलिज अस्ट्रेलियन एशोसियसन न्यू साउथ वेल्स, नेपाली पाठशाला एडेलेड, नेपलिज अस्ट्रेलियन एशोसियन अफ कुईजल्याण्ड, नेपलिज नेभर वुड कम्युनिटी ईन कर्पोरेटेट भिक्टोरिया लगायतका संघसंस्थाबाट उपस्थिति रहेको थियो । पशुपतिनाथ बौद्ध अफ वेस्टर्न अस्ट्रेलिया, अस्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाईटी क्यानबेरा, नेप्लिज रिग्रेशन क्लव न्यू साउथ वेल्स, क्यारिवर्स नेपाली समाज भिक्टोरिया, नेपलिज टेनिस क्लव, नेपाल एशोसियन वेस्टर्न अस्ट्रेलिया, क्यानवेरा नेपलिज कम्युनिटी लगायतका संघ संस्थाबाट उपस्थिति रहेको थियो । कार्यक्रममा द रोयल वेस्टर्न क्लवका बोन योञ्जन , नेपलिज अस्ट्रेलियन एशोसियनका मधु पुडासैनी, नेपाली पाठशाला एडेलेडबाट कोपिल पाण्डे, राजन कोईराला नेपलिज एशोसियसन अफ कुईजल्याण्बाट , नेपलिज नेभर वुड कम्युनिटी ईन कर्पोरेटेट भोला गिरी, नेपलिज फेन्सेस कम्युनिटीबाट डा प्रकाश पौडेल, पशुपतिनाथ बौद्ध अफ वेस्टर्न अस्ट्रेलियाका बिनोद दाहाल, अस्ट्रेलिया नेपाल फे्रण्डसिप सोसाईटीबाट जीवन राना, नेपलिज रिग्रेशन क्लवका बिष्णु हमाल, क्यारिवर्न नेपाली समाज भिक्टोरिया दिपक देव पंगेनी, नेपलिज टेनिस क्लव सुरेश रेग्मी, नेपाल एशोसियनस अस्ट्रेलिया योकेन्द्र पाठक, क्यानबेरा नेपलिज फुटबल क्लका सुरेश पौडेल लगायतको सहभागीता रहेको थियो । सांस्कृतिक कार्यक्रममा प्रयासना स्वारको उत्कृष्ट नृत्यमा  उपस्थित अतिथिहरुले रमाईलो गरेका थिए ।