लन्डन पशुपतिनाथ मन्दिरको अध्यक्षमा गोपाल अर्याल निर्वाचित, अरु को को आए समितिमा ?

लन्डन । साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरको छैठौं अधिवेशन सम्पन्न भएको छ । यही अगस्ट २७ आइतबार सम्पन्न अधिवेशनले गोपाल प्रसाद अर्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा भोजराज कँडेल, सचिवमा हीराप्रसाद ओझा, कोषाध्यक्षमा तारा भट्टराई र सहायक सचिवमा राकृष्ण अर्याल रहेका छन् ।

त्यस्तै सदस्यहरुमा गोकुल न्यौपाने, लक्ष्मण न्यौपाने, गुणाखर गौतम, आनन्द धरेल, हरि गोविन्द गुरुङ,पुण्य रेग्मी,अम्बिका भण्डारी र सुदेशा सिग्देल बजगाईं लगायत रहेका छन् ।

मन्दिर समितिका निबर्तमान अध्यक्ष दासुराम पाण्डेले नबा निर्बचित समितिलाई शुभकामना बेक्त  गरेका  थिए ।

पूर्व अध्यक्ष नरेन्द्र कंडेलको संयोजकत्वमा ट्रस्टीद्वय मोतिराज भण्डारी र अर्जुन गौतम सदस्य रहेको निर्वाचन समितिको निर्वाचन समितिले उक्त समितिको घोषणा गरेको हो ।

अधिवेशन सम्पन्न गर्त ट्रस्टी कणर् शाहीको संयोजकत्वमा ट्रस्टीद्वय फडिन्द्र भट्टराई र सुरज केसी सदस्य रहेको विधान संशोधन समिति, ट्रस्टी रोमनाथ पाण्डेको संयोजकत्वमा सात सदस्यीय व्यवस्थापन समिति निर्माण गरिएको थियो ।अधिवेशनमा ट्रस्टी, आजीवन सदस्य एवम् शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।