सिड्नी । अस्ट्रेलियाको सिड्नीमा १८ वर्षीया नेपाली युवतीलाई मदिरा सेवन गराई जवरजस्तीकरणी गर्ने युवक धरौटीमा रिहा भएका छन् । जवरजस्तीकरणी आरोपमा पक्राउ परेका वाईज क्लिनिंग एशफिल्डका सञ्चालक आशिष लुइँटेल १ लाख धरौटीमा रिहा भएका हुन् ।
उनले ती युवतीलाई क्लीनिङ कन्ट्रयाक्टर कम्पनीमा एडमिन अफिसरको रुपमा जागिर लगाईदिएको र काममा गएको पहिलो दिन नै पार्टी गर्ने भन्दै मदिरा सेवन गराएर जवरजस्तीकरणी गरेका थिए । यो घटना जुन महिनाको हो ।
जवरस्तीकरणी पश्चात युवतीको जाहेरीका आधारमा प्रहरी हिरासतमा रहेका लुईँटेल अदालतको आदेश बमोजिम एक लाख अष्ट्रेलियन डलर अर्थात ८५ लाख नेपाली रुपैयाँ धरौटी बुझाउने गरी रिहाई भएका हुन् ।
जागिरको प्रलोभनमा पारी लुँईटेलले ती पीडित युवती माथि कार्यालयमै जवरजस्तीकरणी गरेका थिए । नेपाली युवकले सञ्चालन गरेको क्लीनिङ कन्ट्रयाक्टर कम्पनी मा एडमिन अफिसरमा जागिरको प्रलोभन उनले देखाएका थिए ।
ती युवती माथि माहिनावारीको समयमा नै उनले जवरजस्तीकरणी गरेका थिए । प्रहरीले घटना भएको दोस्रो दिन नै लुईंटेलको याशफिल्डमा रहेको वाईज क्लिनिङमा छापा मारी रगत, र्याल, शुक्रकिटका अंशहरु फेला पारेको उल्लेख छ । ३१ वर्षीय लुईँटेलका श्रीमती र एक अर्की महिलाले धरौटी बापतको रकम जम्मा गरेपश्चात उनी रिहाई भएका हुन् । उनी अष्ट्रेलिया आएको चार वर्ष मात्र भएको बुझिएको छ






