अष्ट्रेलियामा चलचित्र ‘जय हो’ को ट्रेलर रिलिज

सिड्नी । नेपाली चलचित्र ‘जय हो’ को ट्रेलर अष्ट्रेलियाको सिड्नी स्थित रकडेलमा पहिलो पटक रिलिजि गरिएकोे छ । ७ अगष्ट सोमबार रकडेल स्थित थर्डआई फंक्सन सेन्टरमा आयोजित कार्यक्रममा उक्त चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।

उक्त चलचित्र आगामी भाद्र ८ गते अर्थात अगस्ट २५ मा नेपाल सहित विभिन्न देशमा एकसाथ प्रदर्शन हुँदैछ । कलाकार तथा निर्माताद्धय सुरज ल्वागन राज के अधिकारी, अभिनेता सलोन बस्नेत, आमेष भण्डारी र सुशान्त कार्की लगायतको उपस्थितिमा ट्रेलर सार्वजनिक गरिएको हो ।

कार्यक्रममा अष्ट्रेलियालाई कर्म थलो बनाउदै आएका गायकहरु ईश्वर अविरल पोखरेल, गायक रमन रेग्मी, नायक तथा गायक सुरज पौड्याल लगायतको समेत उपस्थिति रहेको थियो ।कलाकारहरुको परिचयात्मक कार्यक्रम बाट सुरु भएको ट्रेलर रिलिज कार्यक्रम ट्रेलर हेरिसके पछी उपस्थित सबैले आफ्नो प्रतिकृया दिएका थिए ।  फिल्मको विदेश राइट्स नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले लिएका छन भने  टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन समीर मियाँको भीएफएक्स र सन्देश शाहको ट्रेलर रहेको छ ।

फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बासकोटा र सागर आले मगरको संगीत छ ।  सलोन बस्नेतले यो चलचित्रको कथा आफ्नो बुबा सोभित बस्नेत बहिनीलाई भेट्न अस्ट्रेलिया आउँदा दुई निर्मातासंग भेटेर अवधारणा बनाएको र निर्माण सुरु भएको बताए । सुरुवात देखि नै यो चलचित्रमा आफुले नजिकबाट काम गर्ने मौका पाएको भन्दै अहिलेसम्मकै नयाँ र उत्कृष्ट चलचित्र बनेको बताए । उनले यो चलचित्र सबैले हेर्नैपर्ने स्पष्ट पारे । अस्ट्रेलियामा आएर चलचित्रको प्रोमो रिलिज गर्न पाउँदा खुसी लागेको बताए ।

निर्माता सुरज ल्वागनले जय हो चलचित्रको अबधारणा वारे प्रस्ट पार्दै चलचित्रले  नेपाली पन र मौलिकता जोगाईराख्न र नेपाली विविधता कायम राख्न नयाँ पुस्तालाई सन्देश दिने बताए ।