निम्फा अस्ट्रेलियाले विश्व आदिवासी दिवस भव्य रुपमा मनाउँदै

सिड्नी । अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ (निम्फा )अस्ट्रेलियाले भव्य कार्यक्रम गर्ने भएको छ । संघले आगामी अगष्ट १३ पेटेरसम हलमा बेलुकी ५ बजेदेखि विविध कार्यक्रमका साथ मनाउने भएको हो ।

कार्यक्रमको तयारीका कामहरु व्यापक रुपमा अगाडी बढिरहेको र कार्यक्रममा अस्ट्रेलिया कार्यक्षेत्र  स्वास्थ्य, सुरक्षा  मामिला मन्त्री सोफी कोटिस, अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेल, महावाणिज्यदूत दिपक खड्का लगायतको विशेष उपस्थिति रहने महासंघका अध्यक्ष सुदर्शन थापा मगरले जानकारी दिए । कार्यक्रममा जनजातिहरुका जातिगत विभिन्न संस्कृति, झाँकी तथा परम्परागत संस्कृति र नेपाली मौलिक खानाहरुका परिकारहरु सहित अन्य विभिन्न आकर्षणहरु रहने उनले बताए ।

त्यस्तै कार्यक्रममा कलाकार बलबहादुर राजवंशीको समेत प्रस्तुती रहनेछ भने पर्वतारोही एवम् मोटिभेसनल स्पीकर कुंगा शेर्पाको समेत उपस्थिति रहने छ । कार्यक्रमको मुख्य आकर्षकणको रुप्मा नेपाली जातीय सांस्कृतिक परेड, सांस्कृतिक नृत्य, बंगलादेशी समुदायद्वारा सांस्कृतिक प्रदर्शन र स्वादिष्ट सांस्कृतिक नेपाली खाना लगायत रहने आयोजकको भनाई छ ।

कार्यक्रममा विभिन्न देशका आदिवासी  महासंघका  अध्यक्षहरुका साथै पदाधिकारी  लगायत स्थानीय व्यक्तित्वहरु को उपस्थिति रहने जनाइएको छ । कार्यक्रममा उपस्थित भई भव्य रुपमा सम्पन्न गर्न र मनोरञ्जन लिन अध्यक्ष थापाले सबैसंग आग्रह गरेका छन् । कार्यक्रममा प्रवेश निशुल्क गरिएको छ ।