प्रधानन्यायाधीश चोलेन्द्रविरुद्ध महाभियोगको प्रस्ताव दर्ता

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको छ । ९८ सांसदले उनीविरुद्ध  संसदमा बिहान ११ बजेर १० मिनेटमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

महाभियोग प्रस्ताव दर्ता गर्नेमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसदको टोली छन् ।

संसद सचिवालयका अनुसार आइतबार बिहान ९८ सांसदको हस्ताक्षरसहित सांसदहरू सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न पुगेका थिए । सभामुखलाई भेट्न पुगेका सांसदहरुमा पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत छन् । महाअभियोग लगाउनुका आधार र कारण भनेर २१ वटा बुँदा समावेश गरिएको छ ।

मन्त्रिपरिषदमा भागबण्डा खोजेको लगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध नेपाल बार एशोसिएनसले एक सय सात दिनदेखि आन्दोलन गरिरहेको छ ।

न्यायाधीशहरुले पनि लामो समय इजलास बहिस्कार गरेका थिए । सर्वोच्च अदालतको नियमावली संशोधन गरेर गोला प्रक्रियाबाट पेशी तोक्न थालेपछि न्यायाधीशहरु बेञ्चमा फर्किएका छन् ।

महाभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बित भएका छन्। संवैधानिक व्यवस्था अनुसार उनी निलम्बित भएका हुन्। यससँगै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की स्वत: कामु प्रधानन्यायाधीश भएका छन्।

महाभियोग प्रस्ताव