लण्डन। विश्वभरका २६ वटा भाषामा तैयार गरिएको गीतको नेपालीमा अञ्जना गुरुङले स्वर दिएकी छिन् । वातावरण संरक्षणसगं सम्बन्धित रहेर २६ वटा भाषामा तैयार पारिएको उक्त गीतको स्वर हाल बेलायतमा रहेकी सक्रिय सामाजिक अभियान्ता समाजसेवी एवम् सगींतप्रेमी अञ्जना गुरुङले दिएकी हुन् ।”Mothership earth song” नाम दिईएको उक्त गीतलाई २६ वटा देशले आफ्नो देशको भाषा अनुसार विश्वभर एकैपटक बजाएका छन् ।

विश्वका २६ वटा देशका आ-आफ्नै भाषामा तैयार भएको यो गीतलाई विश्वभर नै एकैदिन एकै समयमा विश्व रेडियो दिवसको अवसर पारेर आईतबार बजाईएकोे गायिका अञ्जना गुरुङले जानकारी दिईन् । “विश्वभर नै रेडियो दिवसको अवसर पारेर एकैपटक बजाउने कार्यक्रम अन्तर्गत नेपालमा पनि यो गीत बजाईएको छ, लण्डन न्यूज नेपालसगंको कुराकानीमा उनले भनिन् यति धेरै भाषामा तैयार पारिएको गीत आफुले गाउन पाउँदा मलाई निकै खुसी लागेको छ ।” यस गीतले विश्वभरका समुदायलाई वातावरण संरक्षण सम्बन्धमा सचेतना प्रदान गर्ने उनको भनाई छ ।

वातावरण स्वच्छ भएमात्रै मानिसहरु निरोगी रहन्छन् भन्ने गीतको मुख्य सन्देश रहेको उनले बताईन् । हाल २६ वटा देशले आफ्नो आफ्नो भाषामा उक्त गीत रेकर्ड गराएको र अझै पनि अन्य देशहरुका भाषामा पनि रेकर्ड हुने क्रम जारी रहेको गुरुङले जानकारी दिईन् । बेलायतमै रेकर्ड गरिएको उक्त गीतको नेपाली अनुवाद लक्ष्मी राई (लारा) ले गरेकी हुन् ।
उक्त गीतलाई नेपालमा देशभर रहेका रेडियो स्टेशनबाट प्रशारण भएको थियो । त्यस्तै सोही गीत बेलायतमा रहेको बिएफबिएस रेडियोबाट बिहान प्रशारण भएको छ ।
(यस्तो छ हेर्नुस् भिडियो)






