बेलायतको फार्नब्रोबाट हराएका होम गुरुङ सकुशल घर फर्किए

लण्डन । शुक्रवार बिहानदेखि हराईरहेका ७४ वर्षीय हुम गुरुङ घर फर्किएका छन् ।

बेलायतको फार्नब्रो क्षेत्रबाट हराएका उनी शनिबार अपरान्ह बस चढेर घर आएको स्थानीय ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङले जानकारी दिए ।

अहिले प्रहरीले उनीसित भेटी उनको स्वास्थ्य अवस्था लगायतका बारेमा जानकारी लिइरहेको अध्यक्ष गुरुङले बताए । यसअघि शुक्रबार राति स्थानीय ह्याम्पसायर प्रहरीले गुरुङको खोजीका लागि सर्वसाधारणलाई अपील गरेको थियो ।

गुरुङ घर फर्किएसंगै ह्याम्पशायर प्रहरीले उनको खोजीमा सघाउने सबैलाई धन्यवाद दिएको छ ।

ग्रेटर रश्मोर नेप्लिज कम्युनिटीका अध्यक्ष मान गुरुङले पनि गुरुङको खोजीमा जुट्ने प्रहरी र स्थानीय नेपालीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।