सांगीतिक बन्यो पर्वत वेल्फेयरको नयाँ वर्ष, गायक याम क्षेत्रीले बनाए दर्शकलाई भावुक [भिडियो सहित]

शिब भण्डारी लन्डन– खाली गोडा पैताला फुटेको कमजोर आँखा हृदय फुटेको खोकिलामा गाग्री तामाको नटुट्ने भो कहिल्यै नि आँखामा आँसु झर्न मेरी आमाको “बेलायतको सांगीतिक भ्रमणमा रहेका गायक याम क्षेत्रीको गीतले उपस्थित दर्शकलाई भावुक बनायो ।18034283_1824865431167502_3777070332339387965_n

अल्डरसटस्थित एम्पायर हाउसमा पर्वत वेल्फेयर सोसाइटी यूकेले नयाँ वर्षका अवसरमा आयोजना गरेको शुभकामना साँझमा गायक क्षेत्रीले मार्मिक गीतहरु एकपछि अर्को गाए । दुई सय गीत गाएका गायक क्षेत्रीले एकपछि अर्को गीत गाउँदा पूरै हल सांगीतिक भएको थियो । शीतल दिने पीपल समी छ अरु मलाई पुगेकै छ सानु तिमी छैन, तिम्रै कमी छ गायक क्षेत्रीको यो गीतले झनै संगीतमय भयो । दोहोरी कलाकारहरु कल्पना गूरूग, मधु सूदन थापाले पनि मार्मिक गीतहरु गाए [भिडियो सहित] ।
पानसमा बत्ती बालेर सोसाइटीका अध्यक्ष दधि आचार्य तथा   संस्थापक अध्यक्ष हितकाजी गुरुङले संयुक्तरुपमा गरेका थिए ।

सोसाइटीले कार्यक्रम हल निस्शुल्क उपलब्ध गराउने एम्पायर हलका पुरन गिरी, यम भण्डारीलगायतको टिमलाई धन्यवाद ज्ञापन गरेको अध्यक्ष दधि आचार्यले जानकारी दिए ।
यसैबीच अध्यक्ष आचार्यले पर्वत समाज यूकेका निवर्तमान सचिव तथा वर्तमान सल्लाहकार हरि गुरुङका पिता सुवेदार भीमबहादुर गुरुङको ७९ वर्षको उमेरमा भएको निधनप्रति दुस्ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सोसाइटीका अध्यक्ष दधि आचार्यको सभापतित्वमा कार्यक्रम भएको थियो ।

सोसाइटीका उपाध्यक्ष एक पुनले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन महासचिव भरत पौडेलले गरे । सल्लाहकार मनप्रसाद गुरुङको संयोजनमा भएको कार्यक्रममा एनआरएन यूरोप संयोजक कुल आचार्य, तमु धीं यूकेका अध्यक्ष ज्ञान गुरुङ, नेपाली दूतावासका तेजेन्द्र रेग्मी, तमु धीं यूकेका उपाध्यक्ष हितकाजी गुरुङलगायतले मन्तव्य व्यक्त गरे । मगर संघ यूकेका पूर्वअध्यक्ष थर्क राना, समाजसेवी रवि लामिछाने , कृष्ण भट्ट चिरन्जिवी ढकाल, तमू समाज यूकेका निवर्तमान अध्यक्ष शिवशरण गूरूङ, बीबीसी यूकेका अध्यक्ष नारायणप्रसाद गुरुङ, बागलुङ समाज यूकेका अध्यक्ष दीपक काउचा, मोना यूकेका उपाध्यक्ष खेम शेरचन, पूर्वअध्यक्षहरु पुरन गिरी, रस गुरुङ, नरजंग गुरुङले पनि शुभकामना दिए । कार्यक्रममा वृत्तचित्र प्रदर्शनी, कन्सर्ट, राफल ड्र, खानासहित मनोरञ्जनात्मक कार्यक्रम भएको छ ।
यसैबीच अध्यक्ष आचार्यले पर्वत समाज यूकेका निवर्तमान सचिव तथा वर्तमान सल्लाहकार हरि गुरुङका पिता सुवेदार भीमबहादुर गुरुङको ७९ वर्षको उमेरमा भएको निधनप्रति दु:ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
17990896_1824866327834079_7409151924637847145_n

18136308_10208999511773845_1998531746_n