सिड्नी । नेकपा एकीकृत समाजवादी पार्टीको प्रवास स्थित भातृ संगठन प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधव कुमार नेपालसगं साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । समसामयिक राजनैतिक अवस्था र देशको पछिल्लो घटनाक्रमका विषयमा जानकारी दिने उद्धेश्यले सिड्नीमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता नेपालले पछिल्लो गठबन्धनको सरकारले जनअपेक्षा अनुसार काम गरेको बताए ।
उनले गैरआवासीय नागरिकहरुलाई समेत नागरिकता प्रदान गर्ने गरी राष्ट्रपतिबाट नागरिकता विद्येयक प्रमाणिकरण गरिनु सुखद पक्ष रहेको प्रतिक्रिया दिएका थिए । मुलकुमा केही परिवर्तन भएन भन्नेहरुलाई उनले पछिल्लो समय नेपालको थुपै्र विकासका नमुना कार्यहरु भईरहेको स्पष्ट पारे । कार्यक्रममा अस्ट्रेलियाकालागि नेपाली राजदुत कैलाशराज पोखरेलले आफु राजदुतावासमा आएपश्चात राहदानीका तमाम समस्या हल गरेको बताए । उनले छिट्टै नै नेपालबाट अस्ट्रेलिया सिधा हवाई उडानको काम हुन लागेको जानकारी समेत दिएका थिए ।
कार्यक्रममा विभिन्न समुदायका व्यक्तिहरु, विभिन्न सघंसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले लिखित रुपमा प्रश्न गर्दै जिज्ञासा गरेका थिए । कार्यक्रममा एनआरएनए अन्तराष्ट्रिय सम्पर्क समितिका उपाध्यक्ष धर्मराज अधिकारी, एनआरएनए अस्ट्रेलिायका अध्यक्ष नन्द गुरुङ, प्रवासी एकता मञ्चका अध्यक्ष अच्यूत थपलिया, प्रवासी एकता मन्च अन्तर्राष्ट्रिय समन्वय समितिका महासचिव ध्रुब सुवेदी, जनसम्पर्क समितीका अध्यक्ष सुरेस गुरूङ, सामाजिक अभियन्ता गणेश तामाङ, सुमन खरेल लगायतले बोलेका थिए।
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले समसामयिक विषयसगैं नागरिकता विद्येयकको विषयमा लिखित रुपमा प्रश्न राखेका थिए ।
कार्यक्रममा एनआरएनए केन्द्रीय उपाध्यक्ष दुर्गा आचार्य, उपमहासचिव गणेश केसी, एनआरएनए उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद संयोजक देव गुरुङ, कोषाध्यक्ष अनिल पोखरेल, सचिव सन्ध्या शाह लगायत झण्डै २ सय ५० जना भन्दा बढीको उपस्थिति रहेको थियो । कार्यक्रम प्रवासी एकता मञ्चका अध्यक्ष अच्यूत थपलियाको अध्यक्षता र सचिव पूणर् लामिछानेको सञ्चालन सम्पन्न भएको थियो ।






