सिड्नी । नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले बालबालिकाहरुमा रहेका विभिन्न प्रतिभाहरुलाई प्रष्फुटन गर्ने उद्धेश्य सहित बालबालिकाहरुबीच प्रतियोगीतात्क कला प्रदर्शन किड्स आर्ट प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतिष्ठानले यही फेब्रअुरी १८ तारिख शनिवार उक्त कार्यक्रम गरेको हो । विशेषगरी नेपाली संस्कृति र साहित्य प्रर्वद्धनमा लागिरहेको संस्थाले नेपालप्रतिको माया र मोह बढाउन यस्तो कार्यक्रम आयोजना गरेको अध्यक्ष सुजता बस्नेत केसीले बताईन् ।
बालबालिकाहरुलाई तीन चरणको उमेर समुहमा विभाजन गरेर गरिएको कार्यक्रममा उनीहरुले आफुसगं रहेका विभिन्न क्षमतालाई प्रष्फुटन गरेका थिए । उनीहरुले नृत्य, सगींत प्रस्तुत गर्दै आफ्ना भनाई समेत राखेका थिए । उनीहरुले नेपालीपन र नेपालको माया प्रकट गर्दै विभिन्न कला कौशलता प्रदर्शन गरे ।
यसरी उनीहरुको प्रतिभाको आधारमा पुरस्कृत समेत गरिएको थियो । विभिन्न उमेर समुहमा विभाजन गरि गरिएको प्रतियोगीतामा सहभागी बालबालिकाहरुले नेपाली हुनुमा गर्व महसुस गर्ने गरी विभिन्न प्रस्तुती दिएका थिए । निर्णायक मण्डलमा डा. राजु मानन्धरको नेतृत्वमा सोनाम हमाल र श्रृलङ्का मुलकी कविता कमारा लगायले बालबालिकाहरुको चित्रकलाको मूल्याकंन गरेका थिए ।
जसमध्ये ५ वर्षदेखि ७ वर्ष उमेर समुहको प्रतियोगीतमा अमिरा कोइराला प्रथम भईन उनले २ सय डलर नगद पुरस्कार प्राप्त गरिन् । त्यस्तै दोश्रो भएका पवना राईले नगद १ सय ५० डलर नगद पुरस्कार जिते भने तेश्रो भएकी आराधना नगरकोटीले १ सय डलर र सान्त्वना विजेताहरू मिलन भट्टराई, सान्वी पौडेल, र आशना प्रधानले जनही ५० डलर नगद पुरस्कार प्राप्त गरे ।
यता ८ देखि १० वर्ष उमेर समुहबीचको प्रतियोगीतामा शालिन पराजुली पहिलो हुँदै नगद २ सय डलर र प्रमाणपत्र प्राप्त गरे भने दोश्रो भएका सुजना केसीले नगद १ सय ५० डलर र प्रमाणपत्र हासिल गरे । तेश्रो हुन सफल प्रिशा पाठकले १ सय डलर र प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना पुरस्कार विजेता सोफिया सिम्खडा र नोभा रोकाले ५० डलर र प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै ११ वर्षदेखि १३ वर्ष उमेर समुहका बालबालिकाहरुको प्रतियोगीतामा समर लिम्बु प्रथम हुँदै २ सय डलर र प्रमाणपत्र प्राप्त गरे । सोही प्रतियोगीतामा द्धितिय हुन सफल राईज श्रेष्ठले १ सय ५० नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे । भने तृतीय भएका लिजाना स्थापितले नगद १ सय डलर र प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना पुरस्कार दुई विजेता सारा सुवेदी र श्रेया पौडेललाई जनही ५० डलरको सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । प्रत्येक सहभागी विद्यार्थीहरुबाट २० डलर उठाईएको र त्यसबाट विद्यार्थीलाई पानी, खाजा र स्न्याकहरु उपलब्ध गराईएको थियो ।
कार्यक्रममा न्यू साउथ वेल्स राज्यका अवैतानिक महावाणिज्यदूत दिपक खड्का, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, एनआरएनएका अस्ट्रेलियाका उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ लगायतका लब्धप्रतिष्ठ व्यक्तिहरु, विद्यार्थी तथा तिनका अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा अभिभावहरुले यस्ता नेपाली प्रतियोगीताले बालबालिकाहरुमा रहेका अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्न र नेपाल प्रतिको माया र सदभाव जोगाउन महत्वपूर्ण भुमिका खेल्ने बताएका थिए ।
निर्णायक मण्डलका प्रमुख डा. राजु मानन्धरले नेपाली बालबालिकाहरुलाई पहिलो पटक चित्रकला प्रदर्शन गरेर संस्थाले सह्रानीय कार्य गरेको बताए । उनले नेपाली नयाँ पुस्तालाई नेपाल प्रतिको माया र आस्था जोगाउनका साथै नेपाली बालबालिकाहरुलाई पुस्तानान्तरण गर्न सहयोग पुग्ने बताए । डा. मानन्धरले नेपाली विद्यार्थीहरुको कला देख्दा आफुहरु अचम्मित एवम् प्रभावित भएको भन्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन सके विद्यार्थीहरुका आन्तरिक प्रतिभा प्रष्फुटन गर्न सहयोग पुग्ने बताए ।
सन् २००९ मा स्थापना भएको प्रतिष्ठानले तीज कार्यक्रम, भानु जयन्ति कार्यक्रम तथा मल्टिकल्चलर कार्यक्रमहरु गर्दै आएको छ । वालवालिकाहरुलाई लक्षित गरि आर्ट प्रतियोगिता भने पहिलो आयोजना गरेको हो । प्रतिष्ठानले भानु जयन्तीको अवसरमा विभिन्न उत्कृष्ट श्रष्टालाई सम्मान गर्दै आईरहेको छ ।









