लन्डन पशुपतिनाथ मन्दिरमा गरियो शिवलिंग स्थापना,राजदुत आचार्यले रिबन काटेर गरे उद्घाटन ( भिडियो सहित हेर्नुस )

साउथ ईस्ट लण्डनमा रहेको पशुपतिनाथ मन्दिरमा शिव लिङ्गको स्थापना पश्चात उद्घाटन गरिएको छ । शनिवार महाशिवरात्रीको अवसर पारेर स्थापना गरिएको उक्त शिव लिङ्गको बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले रिबन काटेर उद्घाटन गरेका हुन् ।

पण्डित निलहरी घिमिरे सहित अन्य ५ जना पण्डितहरुको प्रवचन, पुजा पाठ सहित कार्यक्रम गरिएको हो । ट्रष्टीहरु र सयौँ भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो।

ब्यवस्थापन समितिका अध्यक्ष दासुराम पाण्डेले मन्दिर शूरु गर्दाको क्षण स्मरण गदै मन्दिरलाई यो अवस्थामा ल्याउन सकेकोमा खुसि व्यक्त गरे ,सबैको राय सुझाव अनुसार मन्दिरलाई ब्यवस्थित बनाएर सेवा विस्तार गर्दै लगिने बताए ।

सो अवसरमा मन्दिरलाई विभिन्न पक्षबाट सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान पत्र सहित सम्मान समेत गरिएको थियो । कार्यक्रममा राजदूतकी धर्मपत्नी समेत सहभागी भएकी थिईन् ।

मन्दिर व्यवस्थापन समितिका सचिव जीवन वाग्लेले सञ्चालन गरेको कार्यक्रममा मन्दिर व्यवस्थापन समिति संस्थापक अध्यक्ष होम शर्मा,काउन्सिलर जित राना भाट पण्डित निलहरी घिमिरे लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

राजदूत आचार्यले मन्दिर व्यवस्थापन समितिले बेलायतमा समेत नेपालको सनातन धर्मको प्रवद्र्धन गर्दै मन्दिर निर्माण गरेर धर्मलाई महत्वपूर्ण स्थान बनाउन सफल भएकोमा धन्यवाद व्यक्त गरे । उनले दूताबासको तर्फबाट निरन्तर सहयोग रहने समेत प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष दाशु पाण्डेले उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै विशेष कारणबस उपस्थित हुन नसक्नु भएका सम्पूर्णलाई समेत धन्यवाद व्यक्त गरे । उनले मन्दिरका लागि विभिन्न ठाउँबाट सहयोग गर्ने सहयोगीहरु प्रति आभार समेत प्रकट गरे ।

मन्दिरका विभिन्न तह र तप्काका व्यक्तिहरुको उपस्थितिमा यो कार्यक्रम सम्पन्न भएको थियो ।

 

( भिडियो सहित हेर्नुस )