नेपालीले पत्ता लगाए सूर्यको आधा भागजस्तै नयाँ ग्रह

sunकाठमाडौं–अमेरिकामा रहँदै आएका नेपाली खगोलशास्त्री सुमन सत्यालले सोह्र प्रकाश वर्ष टाढा नयाँ ग्रह रहेको आफूले पत्ता लगाएको दावी गरेका छन् ।

युनिभर्सिटी अफ टेक्सास अर्लिङटनमा खगोल भौतिक विज्ञान पढाउँदै आएका सत्याल नेतृत्वको खगोलशास्त्री टोलीले ‘गिल्जा ८३२’ तारालाई सो ग्रहले परिक्रमा गर्ने गरेको सैद्वान्तिक आधार प्रस्तुत गरेको हो ।

गिल्जा ८३२ ताराको आकार सूर्यको आधा छ । सूर्य पनि एउटा तारा हो ।

‘हामी त्यही ताराको अध्ययनबाट प्राप्त तथ्य विश्लेषणका आधारमा ब्रह्माण्डमा नयाँ ग्रह रहेको निष्कर्षमा पुगेका हौं,’ सत्यालले भने ।