शिब भण्डारी
लण्डन ।नेपाली जनसम्पर्क समिति मिडल्याण्ड क्षेत्र बेलायतको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । संस्थाको फेब्रुअरी २० तारिख ग्रान्थम स्थित ताजमहल रेष्टुरेण्टको सभाहलमा सम्पन्न अधिवेशनले नारायण आचार्यको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
नवगठित समितिको उपाध्यक्षहरुमा किशोरराज लामिछाने, शरदचन्द्र शाही, सचिवमा उदयराज आचार्य, सहसचिव कमल खरेल र कोषाध्यक्षमा राजेन्द्र पौडेल सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दशरथ खरेल, विकास भण्डारी, मुक्तिनाथ पौडेल, जयप्रसाद सुवेदी, उपेन्द्र सापकोटा, दिनेश थापा, प्रकाश सापकोटा र उत्सव शर्मा चयन भएका छन् । 
मिडल्याण्डमा रहेका जनसम्पर्क समितिका सदस्यहरू एवं नेपाली काँग्रेसीहरुका शुभचिंतकहरूको बाक्लो उपस्थिति रहेको अधिवेशनलाई काँग्रेस नेता डा. सम्पूर्णानन्द ढुगांना र कार्यक्रम संयोजक नारायण आचार्यले पानसमा बत्ति बालेर नेपाली जनसम्पर्क समिति मिडल्याण्ड क्षेत्रको दोस्रो अधिवेशनको उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै डा. ढुगांनाले देश विदेशमा रहेका सम्पूर्ण काँग्रेसीहरु एकजुट भएर जानुको विकल्प नरहेको बताए।
अधिवेशनमा केही दिन अगाडी ग्यास लिक भई भएको आगलागीमा परी घाईते हुनुभएका नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य लाभको कामना समेत गरिएको थियो । अधिवेशनमा जनसम्पर्क समिति युकेका वर्तमान कार्यकारी सभापति महेश दाहाल ,वर्तमान कार्यसमितिका पहिलो वर्षका सभापति युवराज गुरूंग, पूर्व महामंत्री आरके त्रिपाठी, नेपाली कांग्रेस महाअधिवेशन प्रतिनिधि बिज्ञान प्रसाई, समितिका वरिस्ट उपाध्यक्ष रितेश राज पाण्डे , समाजसेवी कोस्लेश्वर ढकाल,कमल भण्डारी , कृष्ण गुरूंग र नेपाली प्रवासी मंच मिडल्याण्डका अध्यक्ष शम्भु अर्याल लगायत शुभकामना दिएका थिए।
कार्यक्रममा निर्वाचन समिति संयोजक एवम् एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटाले मिडल्याण्डले नेपाली काँग्रेसलाई बेलायतमा रहेका सम्पूर्ण काँग्रेसीहरुलाई एकजुट भएर जाने सन्देश देओस् भन्ने शुभकामना व्यक्त गरे । उनले मनमा मन मिलाएर समाज प्रति गम्भिर भएर काम गर्न आग्रह समेत गरे । 
कार्यक्रममा निर्वाचन समितिका सदस्य सचिव केशव भण्डारी,शिब तिमिल्सेना राजेश लामिछाने समेतले बोलेका थिए । अधिवेशनमा जनसम्पर्क समिति युकेका सहमहामंत्री गुन्जेश्वर न्यौपाने लगायत अन्य पदाधिकारीहरू एवं कार्यसमितिका सदस्यहरू एवं सल्लाहकार तस्विर लामा समेतको उपस्थिति रहेको थियो।
जनसम्पर्क समिति युकेका उपाध्यक्ष राज सिटौला,मगर संघ मिडल्याण्डका अध्यक्ष प्रेम मगर, गल्टकोट समाजका उपाध्यक्ष डिलाराम गौतम, याड्ली नेपाली समाजका अध्यक्ष गोकर्ण हुमगाई, पिटरवोरो नेपाली समाज महासचिव निरन्जन सेढाई लगायत मिडल्याण्ड क्षेत्रका विभिन्न समाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।
अधिवेशन तयारी समिति संयोजक नारायण आचार्यको सभापतित्व भएको कार्यक्रममा एनआरएन युकेका सहकोषाध्यक्ष उपेन्द्र पौडेलको स्वागत मन्तव्य दिएका थिए भने एनआरएन युकेका प्रवक्ता शसाङ्क शर्माले कार्यक्रमको उद्घाटन सत्र सञ्चालन गरेका थिए।
अधिवेशनमा कस्ले के भने ? कार्यक्रमको पुरा भिडियो हेर्नुहोस् ;






