गायक रामकृष्ण ढकाल सिड्नीमा

तक्दीर अधिकारी
सिड्नी । गायक रामकृष्ण ढकाल सिड्नी आइपुगेका छन् । भोलि शुक्रबार सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा आयोजना हुने रामकृष्ण ढकाल साँझमा आफ्ना गीत संगीतहरू प्रस्तुत गर्न उनी सिड्नी आइपुगेका हुन ।

झन्डै ७ बर्षपछि पुनः सिड्नी आइपुगेको छु, मन फुरूङ भएरकाे छ, बुधबार साँझ सिड्नी एअरपोर्टमा झरेका गायक ढकालले सञ्चारकर्मीहरु सँग भने, ‘रगडेलमा रहेको इन्द्रेणी फङसन सेन्टरमा आयोजना हुने कार्यक्रममा म पुराना र नयाँ गीत संगीतहरू प्रस्तुत गर्ने छु, मेरोतर्फबाट सिड्नीमा रहनु हुने नेपालीहरूलाई भरपूर मनोरन्जन प्रदान गर्न कोसिस गर्ने छु ।’

ढकाललाई उनका प्रस्तुतिहरूमा सिड्नीमै रहेका दुई गायक सुजाता उपाध्याय र रमण रेग्मीले साथ दिने भएका छन् । बिगत तीन दशकदेखि गीत संगीत बिधामा निरन्तर रूपमा लागि पर्दै आएका गायक ढकाल अहिले सबै बर्ग र क्षेत्रमा चर्चित छन् । चलचित्र गीत, आधुनिक र सुगम संगीत प्रस्तुतिमा अब्बल मानिन्छन गायक ढकाल ।

मलाई मन पराउनु हुने नेपालीहरुको निमन्त्रणामा ७ वर्षपछि सिड्नी आएको छु । तपाईहरूले मलाई दिनु भएको माया साथ र सत्कारको सम्मान गर्दै म शुक्रबार तपाईहरूको मन जित्ने प्रयास गर्ने छु । आउनुस, सँगै बसेर नेपाली गीत संगीतमा झुमौं गायक ढकालको अनुरोध थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *