सुनसरी– सुनसरीको दुहबी नगरपालिका र बर्जु गाउँपालिकामा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले बाजी मारेको छ ।
फोरमका केन्द्रिय अध्यक्षको गृह नगर दुहवीमा उनकै आफन्त बेदनारायण गच्छदार मेयरमा बिजयी भएका हुन् भने छिमेकी गाँउपालिका बर्जुमा पनि फोरम लोकतान्त्रिकले नै बाजी मारेको हो ।
बर्जुमा फोरम लोकतान्त्रिकका ४ हजार ७ सय ३४ मत ल्याएर रघुनन्दन चौधरी अध्यक्षमा बिजयी भए । दुहवी नगरपालिकाको मेयरमा बेदनारायण गच्छदारले ७ हजार ४ सय २० मत प्राप्त गरेका छन् । उनले निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका गौरी शंकर रौनियारले ५ हजार ६ सय १५ मत ल्याउनु भएको छ ।
यस्तै उपमेयरमा ६ हजार ६ सय ८३ मत ल्याएर फोरम लोकतान्त्रिककै सुनिता दाहाल बिजयी भएका छन् । उप मेयरमा भने चन्द्रकला बिश्व्सासले ५ हजार ८ सय ८१ मत ल्याएकी छिन् । बर्जुमा गाँउपालिकाको उाध्यक्षमा पनि लोकतान्त्रिक फोरमकै संगिता कुमारी राय बिजयी भएकी छिन् । उनले ४ हजार ६ सय २२ मत प्राप्त गर्नु गरिन् ।
यस्तै सुनसरीको भोक्राहा गाउँपालिकाको अध्यक्षमा संघिय समाजवादी फोरमका उमेद्धवार बिजयी भएका छन । त्यहाँबाट समाजवादी फोरमका महेन्द्र यादव ३ हजार ५ सय २८ मत ल्याएर बिजयी भएका हुन् ।






