काठमाडौं । २०७२ सालमा बैंक तथा वित्तीय संस्थाहरु शनिवार तथा अन्य आकस्मिक विदा बाहेक चाडपर्वमा ३९ दिन विदा हुने भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाको सुचना जारी गर्दै चाडपर्व विदा ३४ दिन हुने जनाएको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले दसैंमा सात दिन र तिहारमा तीन दिन विदा पाउने भएका छन् । अन्य चाडपर्वमा २९ दिन विदा पाउने छन् ।
इस्लाम धर्मावलम्बिहरुका लागि इद (इदुल्ल फित्र) र बकर इद (इदुद जोहा) का दिन विदा दिने छ । सरकारले सार्वजनिक विदा घोषणा गरेका दिन पनि बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विदा पाउने छन् ।







