जुम्ल्याहा दिदिबहिनीको अभियान देशैभर फैलिदैँ देशकै पहिलो महिनावारी सुरक्षित युक्त कार्यालय घोषणा

गुल्मी ९ बैशाख । महिनाबारी कुन दिन र कति बेला हुन्छ भन्ने ठ्याक्कै समय हुदँैन । जहाँ जति जुन बेलापनि महिनावारी हुन सक्छ तर त्यो समयमा महिलाहरुले उचित सामग्री प्रयोग गर्न नपाउँदा समस्या हुने गरेको छ ।

अधिकाश ग्रामिण क्षेत्रका महिलाहरु र किशोरीहरुलाई महिनाबारीका बखत कस्तो सामग्री प्रयोग गर्दा सहज र सरल हुन्छ भन्ने जानकारी नै छैन । अझ कामका लागि सरकारी कार्यालयमा आउँदा होस् वा कुनै सामान्य गल्ती र अपराध गरेर हिरासतमा बस्दा होस् महिनावारी भईहाल्छ । तर त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा महिलाहरुले बढी समय खर्चिरहेको पाईन्छ । सामाजिक संस्कार र परम्पराका कारण अझै पनि महिनावारी भएको बेला महिलाहरुले खुसी भन्दा पनि पिडाबोध गर्नुपर्ने अवस्था छ । तर महिनावारीलाई त्यसरी नहेरी सन्तान उत्पादनका निम्ति योग्य बनाउने प्राकृतिक प्रक्रियाको रुपमा हेरिनुपर्ने गुल्मीका सरोकारवालाहरुले धारणा राखेका छन् ।

ganga gaganयही समस्यालाई मध्यनजर गर्दै  जिल्ला प्रहरी कार्यालय गुल्मीले देशकै पहिलो  “महिनावारीका लागी सुरक्षित सामग्री युक्त” कार्यालयको घोषणा गरेको छ ।  गुल्मीमा पत्रकारीता पेशामा क्रियाशिल दुई जुम्ल्याहा दिदिबहिनी गंगा र गगनशिला खड्काले गत एक बर्षदेखी सेवा सञ्चार गुल्मी मार्फत सञ्चालन गरेको अभियानमा हातेमालो गर्दै प्रहरी कार्यालय गुल्मीले चैत्र २९ गतेदेखी यस्तो कार्यको थालनी गरेको हो ।
महिनावारी एउटा प्राकृतिक प्रक्रिया भएको बताउँदैँ प्रमुख जिल्ला अधिकारी चन्द््र प्रसाद गैरेले जिल्ला प्रहरी कार्यालय गुल्मीले गरेको अनुकरणीय कार्य देशकै पहिलो काम भएको बताए । उनले महिलामा मात्र हुने महिनावारी नियमित चक्र भएकाले यसलाई आनन्दपुर्वक जिवन जिउने बाटोका रुपमा बुझनुपर्ने बताए । गैरले भने ः“ मेरो जागिरको २०÷२५ बर्षको दौरानमा पहिलो पटक यस्तो कार्यको शुरु भएको थाहाँ पाएँ । ” उनले थपे ः“ महिनावारी लुकाएर राख्दा विभिन्न प्रकारका संक्रमणले छुने र अन्त्यमा सबै महिलाहरु अस्वस्थ हने हुदाँ त्यसले राष्ट्रलाई नै घाटा हुन्छ ।”
एकबर्ष अगाडि सम्म महिलाहरुले महिनावारीको बारेमा खुलेर कुरा राख्न समेत नसक्ने अवस्थामा सरकारी कार्यालयमै यस्तो व्यवस्था हुनु नौलो काम भएको महिला सम्मन्य समिति गुल्मीका उपाध्यक्ष बिष्णुकुमारी सापकोटाले बताईन्  । उनले भनिन् ः“ म एउटा राजनिति गर्ने महिला तर अझै पनि म महिनावारी हुदाँ फिल्डमा संगै गएको पुरुष साथीलाई मेरो अवस्था भन्न डराउँछु । ”
गुल्मी जिल्लामा पत्रकारीता पेशामा क्रियाशिल दुई दिदिबहिनी गंगा र गगनशिला खड्काले सेवा सञ्चार गुल्मी मार्फत जिल्लाकै विकट गाउँ छापहिलेका गृहणी महिलाहरुलाई पहिलो पटक प्रशिक्षण तथा निशुल्क सेनेटरी प्याड वितरण गरी शुरु गरिएको यो अभियान अहिले देशव्यापी बन्दै गएको छ । आफुहरुको निजी पहलमा एक बर्ष अगाडी शुरु गरेको अभियान पछिल्लो पटक राज्यकै सक्रियतामा देशका विभिन्न जिल्ला र गाउँगाउँमा अगाडी बढ्ेको सुन्दा खुसी लागेको सेवा सञ्चार गुल्मीका अध्यक्ष गँगा खड्काले बताईन्  ।

Senatari pad 1उनले भनिन् ः“ हामीहरुले पहिलो पटक विकट गाउँमा गएर निशुल्क रुपमा सिकायौँ अनि सेनेटरी प्याड पनि दिएर आयौँ ।” यसमा थप्दै भनिन् ः “ त्यो समाचार मिडियामा पनि आयो त्यसको प्रभावले अहिले कैलालीका विधालयमा,कास्कीमा,काठमान्डौँमा पनि बाररेष्टुरेन्टमा काम गर्ने महिला,आउने् महिलाहरुका लागि  काम भइरहेको सुनेकी छु ।”
उनले अभियानलाई विस्तारै गुल्मी जिल्लाका सरकारी कार्यालय र विधालयमा समेत विस्तार गर्दै लैजाने बताईन् । संस्थाकी उपाध्यक्ष तथा सञ्चारीका समुह गुल्मीका अध्यक्ष गगनशिला खड्काले महिनावारीलाई अझैँ पनि गाउँमा नछुने संस्कारका रुपमा लिदैँ आएको बताईन् । उनले यस्तो सामाजिक कुसंस्कार तोड्न आफुहरुको अभियानले सार्थकता प्रदान गर्ने बताईन् ।गुल्मी जिल्लावाट शुरु भएको अभियान अहिले देशका बिभिन्न ठाउँ र विधालयमा सञ्चालन भैरहेका छन् । गृहणी महिला र प्रहरी कार्यालय गुल्मी वाट शुरु भएको अभियान अब सम्पुर्ण कार्यालयमा पु¥याउनुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख दिपा श्रेष्ठले बताईन् ।  महिलाहरु महिनावारी भइसकेपछि अझै पनि नछुने गरी बस्ने र महिनावारी भएको तिन दिनसम्म भान्सा नछुने,विवाह,ब्रतबन्ध जस्ता क्रियाकलापमा सहभागी नहुने गरेको अधिकारकर्मी सिता भुसालले बताई्न । नछुने संस्कारका रुपमा रहेको महिनाबारीलाई गाउँगाउँमा महिलाहरुले नै बढावा दिने गरेको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले बताए ।
महिलाहरुको बाहिर सुन्दा वा देख्दा सामान्य देखिने तर गम्भीर विषयको बारेमा ध्यान नदिने कुरा उठान गरेकोमा सबैले पाठ सिक्नु पर्ने राष्ट्रिय जनमार्चाका हरी न्यौपानले बताए ।  महिलाको स्वास्थ्य तथा सरसफाईका हिसाबले निकै सँबेदनशिल मानिने महिनावारीका बेला थुनुवा महिला र प्रहरी महिलाले समस्या भोग्ने भएकोले यस्तो व्यवस्था गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक हिमालय कुमार श्रेष्ठले बताए ।महिला प्रहरी रातदिन ड्युटिमै खटिने हुँदा यस्तो अवस्थामा मनोवल बढ्नुको साटो घट्दै जाने भएकोले महिला प्रहरीको लागी पनि ब्यवस्था गरिएको उनले जानकारी दिए   ।