अन्ततः एमसीसी संसदबाट पारित भयो

sf7df8f}F, !% kmfu'gM k|ltlglw;ef a}7s cj/f]w k|ltlglw;efsf] cfOtaf/ a;]sf] a}7sdf j]n 3]/fp u/L cj/f]w ub}{ k|d'v k|ltkIfL bnsf ;f+;b . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट पारित भएको छ ।

व्याख्यात्मक घोषणा समेत थप गरेर प्रतिनिधिसभाबाट सम्झौता अनुमोदन भएको हो । अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्तावमा सम्झौता ध्वनि मतले स्वीकृत भएको हो ।

सम्झौताको पक्षमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले मत दिएका छन् । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राप्रपाले विपक्षमा मत दिए ।

सभामुखविरुद्ध आन्दोलनमा रहेको एमाले भने मतदान प्रक्रियामा सहभागी भएन । अनुमोदनसँगै सम्झौता अब कार्यान्वयनमा आउनेछ । ३१ महिनादेखि सम्झौता प्रतिनिधि सभामा विचाराधीन थियो ।