एनआरएनको नयाँ भवनमा गरियो प्रवेश पुँजा :भोली सर्दै

लन्डन । गैरआवासीय नेपाली संघ भोली नयाँ भवनमा सर्ने भएपछि पूर्वसन्ध्यामा प्रवेश पुजा गरिएको छ ।  निर्माणधीन भवन भोली एनआरएन डे का अवसरमा सर्ने भएको छ । आज सोही अवसरमा घरको प्रवेश पुजा गरिएको हो ।

एनआरएन अध्यक्ष भवन भट्ट, महासचिव बद्री केसी, कोषाध्यक्ष हिक्कमत थापालगायतका पदाधिकारी तथा आइसिसी सदस्यहरुको सहभागितामा आज प्रवेश पुजा गरिएको हो । भोली एनआरएन डे का अवसरमा एनआरएनले सञ्चालन गरेका विभिन्न मेगा प्रोजेक्ट सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रमसमेत रहेको छ ।