सिड्नीमा भव्य होलि फेस्टिबल हुँदै

सिड्नी । फागु पूर्णिमा अर्थात होली पर्वको अवसरमा कमेरो ईभेन्ट्सले सिड्नीमा भब्य होली फेस्टिबल होली गर्ने भएको छ । ११ मार्च शनिवार सिड्नीको हर्सभिल नजिकै रहेको डोनेली पार्क, कोनेल्स पोइन्टमा दर्जनौँ नेपाली कलाकारहरुको साथमा होली फेस्टिबल आयोजना गरिएको हो ।

रगंहरुको पर्वलाई अझै उत्सवमय बनाउन फेस्टिबल आयोजना गरिएको ईभेन्टसले जनाएको छ । दिउँसो १ बजेबाट सुरु हुने कार्यक्रम बेलुकी ९ः३० बजेसम्म चल्नेछ । कार्यक्रममा मौलिक नृत्य, गायन, डिजेको रमाईलो प्रस्तुती, फेस पेन्टिङका साथमा नेपाली खानाका परिकारहरु रहने आयोजकको भनाई छ ।

फेस्टिबलमा चर्चित नेपाली गायिका एलिना चौहान, सुशान्त ठुले, चर्चित मोडल अञ्जली अधिकारी, नायक तथा गायक आमेश भण्डारी, मोडल विमल अधिकारी र गायक सुरज लगायत अन्य दर्जनौँ स्थानीय कलाकारका साथमा डिजेको विशेष प्रस्तुती रहनेछ ।

कार्यक्रम स्थल डोनेली पार्क बाट  हर्सभिल ट्रेन स्टेसन सम्म आयोजकले जान आउन बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। फेस्टिभलमा अभिभाबक तथा बालबालिकालाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने अन्य दर्शकहरुले पनि न्यूनतम शुल्कमा महोत्सवको अवलोकन गर्न र मनोरञ्जन लिन सक्ने बताईएको छ ।

आयोजक कमेरो ईभेन्ट्सले कार्यक्रममा उपस्थितिका लागि सबैसगं अनुरोध समेत गरेको छ । फेस्टिबललाई अस्ट्रेलिया स्थित थुप्रै व्यवसायिक सघंसंस्थाहरुले प्रायोजन गरेका छन् ।