तक्दीर अधिकारी
सिड्नी । अष्ट्रेलियाको नवरा रिजनको सोल हेवनमा ‘सोल हेवन नेपाली कम्युनिटी’ गठन गरिएको छ । मणी सिलवालको अध्यक्षतामा एक कार्यक्रमका वीच २० सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
जसको बरिष्ठ उपाध्यक्षमा माधव अर्याल, उपाध्यक्षमा अनमोल महत, सचिवमा राज गुरुङ, सहसचिव शर्मिला घिमिरे, कोषाध्यक्ष बलराम श्रेष्ठ, जनसंपर्क संयोजक अभिशेक बुढाथोकी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मनिषा कार्की, सन्दिप घिमिरे, प्रज्वल बराल, प्रमोद अधिकारी, जेनिस कार्की, प्रदिप रानाभाट, सागर महर्जन, महेश क्षेत्री, रत्नाकर महर्जन, सुरज खड्का र निरज चौधरी रहेका छन् ।
माधव अर्यालको सभापतित्वमा सम्पन्न भएको नेपाली युवाहरुको भेलाले लामो समयदेखी सोल हेवन क्षेत्रमा बसोबास गर्दै आएका सम्पूर्ण नेपालीहरूलाई एउटै छाताभित्र समेट्ने उदेश्यकासाथ समिति गठन गरेको सचिब राज गुरुङले बताए । यस समिति मार्फत निस्वार्थ भावनाले सामाजिक सेवा र समुदायिक विकाश एवम् यस क्षेत्रमा रहदै आएका नेपालीहरूको सुखदुःख आदानप्रदान गर्ने उद्धेश्य राखिएको उनले बताए ।
यसक्षेत्रमा रहेका नेपालीहरु गोलबद्ध हुने र नेपाल र नेपालीहरुको हकहितको निम्ती काम गर्ने योजना रहेको उनको भनाई छ ।






