लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गोप्य तरिकाले बिहे गरेका छन्। व्यक्तिगत गोप्य समारोहका बिच वेष्टमिनिस्टर गिर्जाघरमा फिअन्से क्यारी सिमण्ड्ससँग सुटुक्क विवाह गरेको सञ्चारमाध्यमले जनाएका छन् ।
जोन्सन र सिमण्डसले शनिबार नजिकका साथी र परिवारका सदस्यको उपस्थितिमा विवाह गरेका हुन्। तर यसबारे व्रिटिश सरकारले भने केही पनि प्रतिक्रिया दिएको छैन ।
तर वर्क एण्ड पेन्सन मन्त्री थेरेज कफीले ट्वीट गरेर बधाई ज्ञापन गरेकी छन्। द मेल अन सण्डेका अनुसार विवाह समारोहमा ३० पाहुना सरिक थिए।
कोरोना भाइरसको महामारीका कारण लागु भएको प्रतिबन्धात्मक नियम अन्तर्गत इंग्ल्याण्डमा बढिमा ३० जना समारोहमा सहभागी हुन पाउँछन्। क्याथोलिक परम्परा अन्तर्गत फादर ड्यानिअल हमफ्रिजले विवाह गराउने सबै प्रक्रिया गरेको बताइएको छ ।
द सनका अनुसार प्रधानमन्त्री कार्यालयका सहयोगीहरुलाई विवाहबारे कुनै जानकारी थिएन। विवाह हुनुअघि दिउँसो साढे १३ बजे वेस्टमिन्सटर चर्च वरपरका मानिसहरुलाई निस्कन भनिएको थियो ।
५६ वर्षका जोन्सनले ३३ वर्षकी सिमण्ड्सँग विवाह गरेका हुन्। उनीहरुको चिनजान भने मिडिया मार्फत २०१९ मा भएको बीबीसीले उल्लेख गरेको छ । फेब्रअरी २०२० मा गभवती भएकी सिमण्डले गएको अप्रिलमा छोरा विलफ्रेडलाई जन्म दिएकी थिइन् ।






