सशस्त्रका निलम्बित महानिरीक्षक वन्त १० करोड धरौटीमा रिहा

kosh raj onta

काठमाडौं- भ्रष्टाचारको आरोप लागेका सशस्त्र प्रहरी बलका निलम्बित महानिरीक्षक कोषराज वन्त १० करोड रुपैयाँ धरौटी राखेर रिहा भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सोमबारदेखि वन्तको बयान सुरु भएकोमा बयान नसकिएपछि अख्तियारले उनलाई हिरासतमा लिन खोजेको थियो । तर वन्तले चाहिएको धरौटी बुझाउने भनेपछि अख्तियारले १० करोड रुपैयाँ धरौटी मागेको थियो ।

वन्तले दुई घण्टाभित्र उक्त रकम जुटाएको अख्तियार स्रोतले जनाएको छ । वन्तको धरौटी रकमका लागि सिटिजन्स बैंक ग्यारेन्टी बसेको छ ।

धरौटी रकम बुझाएपछि अख्तियारले वन्तलाई रिहा गरेको छ । वन्तको बयान भने मंगलबार पनि जारी रहने अख्तियारले जनाएको छ ।