शबर्बकै उत्कृष्ट बने नेपाली एजेन्ट मुरारी

तक्दीर अधिकारी
सिड्नी । नेपाली एजेन्ट मुरारी लम्साल सिड्नीको बार्डिया सबर्बका उत्कृष्ट एजेन्ट बन्न सफल भएका छन् । रेट माई एजेन्ट नामक संस्थाले मल्टीडायनामिक रियलस्टेटलाई रियलस्टेट अफ द इयर’ तथा यसका एजेन्ट मुरारी लम्साललाई ‘बेस्ट एजेन्ट अफ द इयर’ अवार्डले सम्मान गरेको हो ।

रेट माइ एजेन्ट भन्ने कम्पनीले अष्ट्रेलिया र न्यूजिल्याण्डमा सञ्चालनमा रहेका रियलस्टेट कम्पनीहरुको रेटिङ्ग गर्ने काम गर्दछ । कम्पनीहरुले दिएको सेवा, सेवाग्राहीहरुको सन्तुष्टि र उनीहरुले दिएको रेटिङ्गको आधारमा  रेट माई एजेन्टले रियलस्टेट कम्पनीहरुलाई उत्कृष्ट घोषणा गर्दै अवार्ड दिने गरेको छ ।

यसपटकको अवार्ड मुरारी लम्साल र मल्टीडायनामिकले पाएका हुन् ।

‘खुशीको सीमा नै रहेन्’

धदिङबाट १९९६ सेप्टेम्बरमा अष्ट्रेलिया आएका लम्सालले केही बर्ष अघिबाट रियलस्टेट व्यवसाय मा काम गर्न  थालेका थिए । शुरू देखिनै केही फरक काम गर्ने  इच्छा थियो। उनले भने, यस पटक एजेन्ट अफ द इयर पाउँदा निकै उर्जा प्राप्त भएको छ, र अझै बढी जिम्मेवारी थपिएको महसुस भएको छ ।’

लम्साल बाडिया शबर्बमा काम गर्दै आएका छन । उनले खरीद बिक्री गर्ने व्यक्तिहरुलाई दिएको परामर्श, सेवा तथा प्रक्रियागत कुराहरुमा सेवाग्राहीमार्फत पाएको रेटिङ्गको आधारमा उक्त अवार्ड जित्न सफल भएका हुन् ।

‘रेट माई एजेन्टले विभिन्न कामहरुको रिभ्यूहरु हेरेको हुन्छ । कुन ठाँउमा कुन बेस्ट छ, उनीहरुले तोकेको मापदण्ड पूरा गरेका छन छैनन् भनी अध्ययन गरी उक्त अवार्ड दिने काम हुन्छ, त्यसमध्ये यस बर्ष मलाई प्राप्त भयो’, उनले भने । इमेल मार्फत उक्त जानकारी पाउँदा निकै उर्जा प्राप्त भएको छ ।

उनले यहाँको प्रपर्टी मार्केटमा आफूले गरेको मिहेनतको सम्मान मिलेको बताए । अष्ट्रेलियामा राम्रो काम गरेका मानिसहरुलाई सम्मान गर्ने क्रममा स्वदेशी या विदेशी भनेर भेदभाव नगरिने उनले बताए ।

‘रियलस्टेट भनेको देख्दा सजिलो देखिएपनि गाह्रो काम रहेछ, मानिसहरु आउने जाने भइरहन्छ । गर्ने मान्छेले जहाँ पनि गर्छन । सजिलो काम चाहीँ होइन् ।’ उनले भने, ‘काम गर्ने हो भने त उत्कृष्ट ५ प्रतिशत भित्र पर्न सकिने रहेछ त, राम्रोसेवा दिएको खण्डमा भेदभाव हुँदैन । सबैको लागि रियलस्टेट हुँदैन भनिन्छ , तर मेरो लागि भने रहेछ ।’

‘हामीलाई थाहा छ हाम्रो दायित्व के हो’

मल्टी डायनामिकले २०१४ सिड्नीबाट सेवा शुरू गरेको थियो । संस्थापक तथा प्रिन्सीपल मेघराज पौडेलले अष्टेलियामा सानो व्यवसाय बाट शुरू गरेको व्यवसाय अहिले अष्ट्रेलियाका ४ वटा शहरभित्र ६ अफिस बाट  सेवा शुरू गर्न थालिएको बताए ।

मल्टीडायनामिक रियलस्टेटले २०१९ मा क्याम्बेलटाउन काउन्सिलबाट फाइनालिस्टको अवार्ड पाएको थियो । त्यस्तै २०२० मा अर्बन शाखाले कम्बरल्याण्ड बाट पनि फाइनालिस्ट पनि सम्मान पाएको छ ।

‘यो कामको प्रशंसा हो, हामीले कतिजनाको घर बेच्न सकियो र कति मान्छेले रिभ्यू दिए भन्नेमा भर पर्छ’, उनले भने, ‘बेच्ने मान्छेहरुले सबै प्रक्रिया पूरा गरेपछि हामीलाई दिएको रिभ्यूले यस अवार्ड पाउन मद्धत गरेको छ ।’

हाल बार्डिया सबर्बमा ५३ एजेन्टहरुले काम गरिरहेको अवस्थामा पहिलो नम्बरमा पर्नु निकै गौरवको विषय भएको उनले बताए ।

हामीले सेलर र बायरमार्फत ५ स्टार नै पाएका थियौँ, जसले यसरी मद्धत गर्याे, उनले भने । सफलताको राज के हो ? भन्ने लण्डन नेपाल न्यूजको प्रश्नमा उनले भने, ‘हामीलाई थाहा छ हाम्रोे काम के होे, हामीले गर्नुपर्ने दायित्व के हो, हामी कामलाई प्राथमिकता दिन्छौ, कस्टमरलाई फोकस गर्छाैँ, घर बेच्नेहरुलाई बेस्ट सर्भिस र बेस्ट प्राइज दिन्छौँ ।’

उनले कम्पनीले दिएको सर्भिस, नतिजा, तालिम र मनिटरिङ्ग, टिमवर्कले यो सबै पाएको बताउँछन् । ‘यसमा मुख्य देन एजेन्टहरुको लगाव होे । सिस्टम, मनिटरिङ्ग, एजेन्टहरुको खटनपटन, कस्टमरलाई बेस्ट प्राइज र सर्भिस दिन सकेकोमा यो प्राइज आएको हो,’ उनले भने ।

भविष्यमा उनले कम्पनीलाई यसैगरी अघि बढाउने र उचाई कायम गर्ने गरी मिहेनत गर्ने बेला आएको समेत बताए । न्यूसाउथवेल्स, मेलबर्न, एसिटी, साउथ अष्टेपलिया र क्विन्सल्याण्डमा फ्रन्चाइज स्थापना गरेको यस कम्पनीले अन्य प्रदेशमा पनि सेवा विस्तार गर्दैछ । भने कर्पाेरेट अफिसले सबै कामको मनिटर गर्ने गरेको छ ।

यो पनि: विश्वभर सञ्जाल विस्तारको अभियानमा मल्टिडाइनामिक रियलस्टेट, दक्षिण अस्ट्रेलियामा पनि खोलियो फ्रेन्चाइज