संविधानसभा सदस्यहरुको एक महिनाको तलब भूकम्प पीडितलाई:

NC Central Committee Meeting

संविधानसभाका अध्यक्ष सुवाचन्द्र नेम्बाङले भूकम्पबाट पीडितहरुको राहतको निम्ति दैवी प्रकोप राहत उद्दार कोषलाई संविधानसभाका पदाधिकारी तथा सदस्यहरुको एक महिनाको पारिश्रमिक प्रदान गर्ने प्रस्ताव राखेका छन् । सदस्यहरुले उक्त प्रस्ताव सर्वसम्मतबाट पारित गरेका छन् ।

संविधानसभाका अध्यक्ष, उपाध्यक्ष, विपक्षीदलका नेता, मुख्य सचेतक, समिति सभापति, सचेतक र सदस्यहरुको एक महिनाको जम्मा पारिश्रमिक २ दुई करोड, ५८ लाख, २५ हजार, ७ सय ७० दैवी प्रकोप उद्दार कोषमा प्रदान गर्ने भएका छन् । यसमा नेपाल सरकार मन्त्रीपरिषद्का सदस्य रहेका छैनन् ।

१अध्यक्षरु. ५३,८५०

२उपाध्यक्ष/विपक्षी दलका नेता/सचेतक(४ जना)रु. १,९५,०८०

३सभापति/ सचेतक (२० जना)रु. ९,२४,४००

४सदस्य (५५८ जना)रु. २,४६,५२,४४०

जम्मारु. २,५८,२५,७७०